कोलेस्ट्रोलका लागि फाइदाजनक मेथी

मेथी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । खराब कोलेस्ट्रोल कम गर्नका लागि मेथीको सेवन फाइदाजनक हुन्छ । मेथीमा भिटामिन सी, भिटामिन बी–६, फाइबर, आइरनजस्ता शरीरलाई अत्यावश्यक पोषकतत्वहरु हुने गर्दछ ।

 
अंकुरित मेथी : कोलेस्ट्रोल कम गर्नका लागि अंकुरित मेथीको सेवन एकदमै फाइदाजनक हुन्छ । यसमा हुने पोषकतत्वले अतिरिक्त बोसो कम गर्नुका साथै नसामा जम्मा भएको खराब कोलेस्ट्रोल पनि नियन्त्रण गर्दछ । 


मेथीको चिया : मेथीको चिया पिउनु कोलेस्ट्रोल नियन्त्रणका लागि फाइदाजनक हुन्छ । यसले खराब कोलेस्ट्रोलको मात्रा कम गर्दछ । बिहान खाली पेट मेथीको चिया सेवन गर्न सकिन्छ । 


मेथीको पानी : मेथीको पानीले स्वास्थ्य सम्बन्धी कयौं समस्या समाधान गर्दछ । यसका लागि राती मेथीको दाना पानीमा भिजाउने र बिहान पिउने गर्नुपर्दछ । 


पानीमा उमालेर पिउने : खराब कोलेस्ट्रोल घटाउनका लागि मेथीको दाना पानीमा उमालेर पिउन सकिन्छ । साथसाथै पानीसँग चपाएर पनि मेथीको सेवन गर्न सकिन्छ ।


मेथी र मह : कोलेस्ट्रोलको समस्यामा मेथी र महको सेवन गर्न सकिन्छ । मेथीलाई भिजाएर त्यसमा मह मिसाएर खाँदा शरीरलाई फाइदा हुन्छ । 


सब्जीमा मिसाएर सेवन : कोलेस्ट्रोल घटाउनका लागि मेथीको दानालाई सब्जी, दाल इत्यादिमा मिसाएर खान सकिन्छ । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित