ओलीको हातबाट टिका लगाउँदै एमाले प्रवेश गर्दै पूर्वआइजीपी खनाल

sarbendra

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् ।

एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए ।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।

खनालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकटको आकांक्षीसमेत रहेका खनालले तनहुँ क्षेत्र नं. १ बाट उम्मेदवारी दिने चर्चा चले पनि निश्चित भने भइसकेको छैन । उनले यसअघि नै आफू राजनीतिमा प्रवेश गर्ने बताइरहे पनि समय भने निश्चित भएको छैन ।

खनाल निर्वाचनको पूर्वसन्ध्यामा पार्टी प्रवेश गर्नु आगामी निर्वाचन नै प्रमुख कारण भएको जनाइएको छ । नेपाल प्रहरीमा रहँदादेखि सफल प्रहरी अधिकारीको रुपमा परिचित खनालको राजनीतिमा प्रवेशसँगै एमालेमा दोस्रा सफल प्रहरी अधिकृतको प्रवेश भएको छ । यसअघि तत्कालीन डिआईजी नवराज सिलवाल एमाले प्रवेश गरेर ललितपुरबाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित