पाल्पाको सुरुमडाँडामा पहिरोमा परि गर्भवती महिलाको मृत्यु, बेलौंजामा ५ बेपत्ता

Palpa_Pahiro

पाल्पा । विगत तीनदिन देखि परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो गएको छ । यसैक्रममा प्रदेश न. ५ को पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् ।

पाल्पाको रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङकोट बेलौंजाका होमबहादुर गाहाको घर गए रातिको पहिरोले पुरिंदा पाँच जना बेपत्ता भएको गाउँपालिका सूचना अधिकारी भक्तुजंग रानाले बताए ।

सोही वडाको सुरुमडाँडामा पहिरोले घर भत्किएर पुरिँदा एक गभर्वती महिलाको मृत्यु भएको रानाले माइन्यूजनेपालसँग बताए । त्यसका बारेमा विस्तृत जानकारी नआईसकेको पनि रानाले बताए ।

पहिरोले घर पुरिँदा मानिस बेपत्ता भएको खबर आएपछि आफूहरु त्यसतर्फ जाँदै गरेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । बाँकी क्षतिबारे घटनास्थलमा पुगेपछि मात्रै थाहा हुन्छ ।’

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित