सार्क सदस्यको साझा पहलमार्फत कोभिड-१९लाई परास्त गर्न सकिन्छः प्रधानमन्त्री ओली

कोभिड-१९ इमर्जेन्सी फण्ड स्थापना गर्न भारतको प्रस्ताव

Conference_PM Oli

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरूद्धको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रबीच साझा कार्ययोजना बनाउनका लागि राष्ट्र तथा सरकार प्रमुखहरुबीचको भिडियो कन्फरेन्स सम्पन्न भएको छ ।

उक्त कन्फरेन्समा सार्क सदस्य राष्ट्रका राष्ट्र प्रमुखहको सहभागीता रहेको थियो । सो कन्फरेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागीता भएका थिए । उक्त अवसरमा प्रधानमन्त्री ओलीले नेपाल कोभिड-१९ विरुद्ध लड्न तयार रहेको बताएका छन्। उनले सार्कका देशहरुको साझा पहलमार्फत कोभिड-१९ लाई परास्त गर्न सकिने बताएका थिए ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सदस्य राष्ट्रहरुमाझ कोभिड १९ इमर्जेन्सी फण्ड स्थापना गर्ने प्रस्ताव राखेका छन् । आफ्नो पहलमा भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो प्रस्ताव राखेका हुन् ।

र, यो फण्डमा भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिन बताए । यो रकम आपतकालीन काममा जुनसुकै देशले प्रयोग गर्न सक्ने उनले बताए ।

उनले नेपालमा कोभिड-१९ को संक्रमण नरहेको बताएका छन्। उनले नेपालमा कोभिडको संक्रमण नभित्रियोस भन्नका लागि नेपालमा सबै विदेशीका लागि प्रवेशमा रोक लगाएको बताए।  उनले तेस्रो मुलुकमा काम गर्न जाने नेपालीका लागि श्रम स्विकृति दिन समेत बन्द गरिएको उल्लेख गरे ।

त्यसअघि प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक फलोअपका लागि त्रिवि शिक्षण अस्पताल गएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित