अनलाईनबाटै प्राविधिक समस्याको समाधान गर्न सकिन्छ

dipak aliance sकम्प्युटर तथा ल्यापटपको मर्मत संभारमा नेपालमा नै पहिलो पटक नयाँ प्रविधि भित्र्याएको एलाइन्स ल्यापटप रिपेयरिङ एण्ड ट्रेनिङ सेन्टरका कार्यकारी अधिकृत दिपक पोखरेल नेपालमा दक्ष जनशक्तिको खाँचो रहेको बताउनु हुन्छ । अन्य कम्पनीहरुको तुलनामा गुणस्तरिय सेवा प्रदान गर्दै एलाइन्सले दक्ष प्राविधिक र अत्याधुनीक मेसिनद्धारा सेवा प्रदान गरिरहेको छ । आफूले खोजेको जस्तो पढाई नेपालमा सम्भव नभएर भारत तथा अन्य देशमा गएर पढ्न बाध्य भएको बताउने पोखरेल अन्य नेपालीहरुले यस्तो बाध्यता भोग्नु नपरोस भन्दै एलाइन्सको स्थापना गरेको दावी गर्नुहुन्छ । एलाइन्सले अन्य ट्रेनिङ सेन्टरले भन्दा फरक शिक्षा दिने तथा अन्य रिपेयरिङ सेन्टरले भन्दा सस्तो र सुलभ तरिकाले कम्प्युटर र ल्यापटपको मर्मत गरी समस्याको समाधान गर्दै आएको छ । ट्रेनिङ तथा मर्मतमा सहयोग पु-याउनका लागि कार्यकारी अधिकृत पोखरेलले ‘ल्यापटप कम्प्युटर सोलुसन’ र ‘मोबाइल सफ्टवेयर हार्डवेयर’ नामक दुईवटा किताव पनि प्रकाशनमा ल्याउनु भएको छ । यिनै विविध विषयमा mynewsnepal.com का लागि कुमार भण्डारीले पोखरेलसँग गरेको कुराकानी :

दिपक पोखरेल, कार्यकारी निर्देशक – एलाइन्स रिपेयरिङ एण्ड ट्रेनिङ सेन्टर

० एलाइन्स ल्यापटप रिपेयरिङ एण्ड ट्रेनिङ सेन्टरले अहिले के–के काम गर्दै आएको छ ? – नेपालमा इलेक्ट्रोनिक्स सामानहरु जस्तै ल्यापटप, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, मोवाइललगायतका सामानहरुको मर्मत तथा विक्री वितरणका लागि आजभन्दा झण्डै पाँच वर्ष अघि स्थापना भएको संस्था हो एलाइन्स । यतिमात्र होइन एलाइन्सले ल्यापटपको चिप लेवल तथा सर्किट लेवलसम्बन्धि तालीम पनि दिने व्यवस्था नेपालमै पहिलो पटक भित्र्याएको हो । अहिले पनि एलाइन्समा धेरै विद्यार्थीहरुले कक्षा लिइरहनु भएको छ । एलाइन्स भनेको एउटा यस्तो संस्था हो जहाँ विद्यार्थीहरुलाई सम्बन्धित विषयमा दक्ष बनाइन्छ र आत्मनिर्भर हुनका लागि सहयोग गरिन्छ ।

० नेपालमा नै पहिलो पटक कम्प्युटर बनाउने प्रविधि भित्रयाएको छु भन्नुहुन्छ, के हो त्यस्तो प्रविधि ? – नेपालमा कम्प्युटर बनाउने पसलहरु धेरै छन् तर, एलाइन्सले एउटा यस्तो प्रविधि भित्र्याएको छ, जसमा विजे मेसिन, बायस प्रोगामरहरु, सिआरओ मेसिनहरु छन् । जसको मद्दतले आइटीका सामानहरुलाई परिवर्तन गर्ने होइन की त्यसलाई मर्मत गर्न सकिन्छ । तर, यहाँ विग्रियो कि त फेर्नै पर्छ भन्ने गरिन्छ तर, म त्यसलाई मान्दिन । हामी ती मेसिनको मद्धतले मर्मत गरी पुनः सञ्चालनमा ल्यउन पहल गर्छौं । त्यसैले मैले यस्तो प्रविधि भित्रयाएको हुँ । हाल बजारमा २–३ लाखका ल्यापटपहरु आएका छन् । यदि तिनीहरु विग्रीए भने त्यसलाई कम रुपैयाँ खर्च गरेर बनाउन सकिन्छ भन्ने नै मेरो भनाई हो । तर, यहाँ त सामान नै फेर्नुपर्छ भन्ने मान्यता छ । यसका लागि म आफै भारतलगायतका अन्य देशमा गएर तालिम लिएर आएको छु । एलाइन्समा विदेशबाट आएका दक्ष प्राविधिक र शिक्षकहरुद्धारा कक्षा सञ्चालन हुँदै आएको छ ।

० अध्ययनका लागि किन विदेश नै पुग्नु भयो त ? – मैले यहाँ पनि सिक्न नखोजेको भने होइन । यहाँ पनि ‘सकिर्ट लेवल’ ल्यापटप, डेक्सटप, नेटवकिर्कलगायतका बारेमा शिक्षा लिनका लागि काठमाडौंको धेरै इन्स्टिच्युटहरु धाए । तर, मैले खोजेको विषयमा पढ्न नपाएपछि विदेशिन बाध्य भए ।

० तपाई कसरी यो व्यवसायमा प्रवेश गर्नुभयो ? – नेपालमा कम्प्युटर इन्जिनियरिङ सके लगत्तै इलेक्ट्रोनिक सम्बन्धि तालिम लिन भारतको नयाँ दिल्ली पुगे । त्यसपछि ल्यापटप तथा नेटवर्किङ सम्बन्धि चिप लेवल र एड्भान्स लेवलको ट्रेनिङ पनि दिल्लीमा नै लिए ।  ३ वर्षको अध्ययन र दुई वर्षको अनुभव पश्चात नेपाल फर्कें र काठमाडौंको पुतलीसडकमा एलाइन्सको स्थापना गरेको हुँ ।

० एलाइन्सको मुख्य उद्देश्य के हो ? – एलाइन्सको मुख्य उद्देश्य भनेको नेपाली युवाहरुलाई दक्ष बनाएर वेरोजगारीको समस्याबाट केही हदसम्म भए पनि कम गर्नु नै हो । र, अर्को कुरा जुन समस्या मैले नेपालमा भोग्नु प-यो, जहाँ मैले खोजेको विषयमा अध्ययन गर्न पाइन, त्यो अवस्था अबका युवाहरुमा नदोहोरियोस् भन्नका लागि नै एलाइन्सको स्थापना भएको हो । जब मैले चिप लेवलको तालिम लिए तब मलाई थाहा भयो कि एकेडेमिक शिक्षा भन्दा पनि व्यवहारीक शिक्षाको खाँचो पर्दो रहेछ । मैले चिप लेबलको तालिम पश्चात नै एलाइन्सको स्थापना गरी एकेडेमिक शिक्षासँगसँगै व्यवहारीक शिक्षालाई पनि अगाडि बढाइरहेको छु । जसले गर्दा रोजगारीकै लागि भनेर म जस्तै गरी अवका युवाहरु भौतारिरहनु नपरोस् ।

० एलाइन्स र अन्य ट्रेनिङ तथा मर्मत सेन्टरमा के फरक छ ? – एलाइन्समा पढिसकेपछि त्यहि विषय अन्य ठाउँमा गएर पढ्नु नपरोस भन्ने एलाइन्सको मान्यता हो । त्यसकारण एलाइन्सले प्रयोगात्मक तरिकाबाट कक्षा सञ्चालन गर्दै आएको छ । आवश्यक सामान तथा औजारहरु पनि एलाइन्समा भएकाले विद्यार्थीहरुले आफै प्रत्यक्षरुपमा सिक्ने अवसर पाउँछन् । अन्य ट्रेनिङ तथा मर्मत सेन्टर र एलाइन्सबीचमा फरक देखाउने भन्दा पनि एलाइन्सले गर्दै आएको काम महत्वपूर्ण हुन्छ । एलाइन्समा अध्ययन गर्ने विद्यार्थीहरुले पूर्ण ज्ञान लिन सक्छन् भने उहाँहरु सन्तुष्ट पनि हुनुहुन्छ । । रिपेयरिङका लागि एलाइन्ससम्म आइपुग्नु भएका ग्राहकहरुलाई हामीले अत्याधुनीक मेसिनको प्रयोगबाट समस्याको तुरुन्त समाधान गरी समयमा नै सेवा प्रदान समेत गर्दै आएका छौं ।

० मर्मत र ट्रेनिङ  बाहेक एलाइन्सले अन्य के काम गर्दै आएको छ ? – एलाइन्सले मर्मत र ट्रनिङमात्र होइन नेटवकिर्क सम्बन्धि ज्ञान पनि दिइरहेको छ । एलाइन्सले सानो समस्यामा पनि धेरै पैसा लगानी गर्नु पर्ने बाध्यतालाई ध्यानमा राखेर दक्ष इन्जिनियर खटाई विभिन्न बैंक तथा कार्यालयहरुमा एएमसी सर्भीस प्रदान गर्दै आएको छ । कम्पनीले सस्तो मूल्यमा ल्यापटप तथा कम्प्युटरका सामानहरुको समेत विक्री वितरण गर्दै आएको छ । एलाइन्सले सानो समस्याको लागि पनि ट्रेनिङ सेन्टर जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट नै समस्या समाधान गर्दै आएको छ । विद्यार्थीहरुले स्थापना गरेको मर्मत तथा रिपेयरिङ सेन्टरमा पुगेर म आफैले पनि समय दिएर उनीहरुलाई सहयोग गर्दै आएको छु । समस्याको बारेमा प्रत्यक्ष भेट हुन नसकेमा जसले मलाई अनलाईबाट सोध्नुहुन्छ मैले उहाँहरुलाई मिलेसम्म अनलाईनबाट नै समाधान गर्ने उपाय बताउँदै आएको छु ।

० एलाइन्सका अन्य विशेषताहरु के–के हुन् ? – यसको विषेशता भनेको लाइभ रिपेयरिङ, मेसिनलाईजेसन सिस्टम, विद्यार्थीलाई दक्ष बनाउन सहयोग पु-याउने, देशव्यापी रुपमा सेवा दिने तथा १० मिनेटमा ल्यापटपको समस्या पत्ता लगाई २४ घण्टाभित्र सर्भिस प्रदान गर्ने नै हो । अर्को महत्वपूर्ण कुरा भनेको राजधानी बाहिरबाट आएका तर, पूर्ण रुपमा काम गर्न नसकेका विद्यार्थीको लागि पनि एलाइन्सले सर्किट लेबलको १५ देखि एक महिने तालिम पनि प्रदान गर्दै आएको छ । उनीहरुलाई बस्नका लागि होस्टलको पनि व्यवस्था गरेको छ ।

० ‘चिप लेवल’ को ट्रेनिङ लिन कति समय लाग्छ ? – ल्यापटप, डेक्सटप र नेटवकिर्ङमा ‘चिप लेवल’ गर्ने हो भने ६ महिना लाग्छ ।

० ‘ल्यापटप कम्प्युटर सोलुसन’ र ‘मोबाइल सफ्टवेयर हार्डवेयर’ किताव प्रकाशित गर्नुको उद्देश्य के हो ? – बजारमा यस सम्बन्धि उपयुक्त कितावहरुको अभाव र किताव पढेरै पनि यस क्षेत्रमा लागिरहेका व्यक्तिहरुले काम गर्न सकुन भन्नका लागि नै मैले ‘ल्यापटप कम्प्युटर सोलुसन’ र ‘मोबाइल सफ्टवेयर हार्डवेयर’ किताव प्रकाशित गरेको हुँ । जसको माध्यमबाट सानो विषयमा ज्ञान लिनका लागि टे«निङ सेन्टर धाउनुपर्ने बाध्यताबाट उनीहरु मुक्त हुन्छन् भन्ने आशा लिएको छु । नेपाली र अंग्रेजी दुबै भाषामा प्रकाशित भएको यस पुस्तकबाट अर्ध ज्ञान भएकाहरु बढि लाभान्वित हुने मैले बुझेको छु ।

० नेपालमा आउने इलेक्ट्रोनिक तथा आईटीका सामानहरु कमशल र छिट्टै विग्रिने हुन्छन् भनिन्छ नि ? – नेपालमा आएका सामानहरु एकदमै कमशल हुन्छन् र विग्रिहाल्छन् भन्ने चांहि होइन । तर, अन्य देशमा पठाउने सामान र नेपाल ल्याउने सामानमा फरक चै पक्कै हुन्छ । बनाउने प्रविधि एउटै हो तर नेपाली जनता नै गरिविको रेखामुनी भएकाले सस्तो सामानहरु नेपाल भित्र्याइन्छ । यहाँ अमेरिका, जापान, अष्ट्रेलिया, वेलायतलगायत देशहरुबाट ल्यापटप किनेर ल्याउने नेपालीहरु पनि छन् ।

० ग्राहकले ढुक्क भएर मर्मत तथा रिपेयरिङ सेन्टरमा सामान छोडने वातावरण छैन नि होइन् ? – हो, कतिपय रिपेयरिङ सेन्टरहरुमा अझैपनि बनाउन लैजादा सामानहरु परिवर्तन गरिदिने गरेको मैले पनि सुनेकै हो । त्यसकै विकल्पको रुपमा मैले एलाइन्सको स्थापना गरेको हुँ, जहाँ तुरुन्तै ग्राहककै अगाडी समस्याको समाधान गराइन्छ । यदि तत्कालै समाधान गराउन नसकेको अवस्थामा हामीले प्रत्येक सामानहरुमा हस्ताक्षर गराएर मात्र सामान लिन्छौ र दिने बेलामा पनि जानकारी गराएर मात्र पठाउने गर्दै आएका छौं । त्यसैले म त भन्छु आफ्नै आँखा अगाडीमात्र सामान बनाउने गर्नुस् । वा हरेक सामानमा हस्ताक्षर गरेर मात्र छाड्ने गर्नुस् ।

प्रतिक्रिया

सम्बन्धित