सीमा क्षेत्रमा भएको गोली काण्डप्रति पाकिस्तानले दियो भारतलाई चेतावनी

इस्लामावाद । पाकिस्तानले भारतीय पक्षले सीमा क्षेत्रमा गोली चलाउँदा दुई पाकिस्तानी नागरिकको ज्यान गएको भनी यसबारे सोधपुछ तथा विरोध जनाउन भारतीय अधिकारीलाई बोलाइएको इस्लामावादले शनिबार जनाएको छ । यसअघि पाकिस्तानी सेनाले कास्मिर क्षेत्रमा रहेको भारत–पाकिस्तानको अन्तर्राष्ट्रिय सिमारेखाभित्र भारतीय सेनाको गोली लागी दुई पाकिस्तानी नागरिकको ज्यान गएको जनाएको थियो ।
पाकिस्तानको विदेश मन्त्रालयका दक्षिण एसियाली शाखाका महानिर्देशक मोहम्मद फैसलले भारतीय उप उच्च आयुक्त जेपी सिंहलाई बोलाएर सीमा क्षेत्रमा भएको उक्त घटनाको निन्दा गर्नुभएको पाकिस्तानी पक्षले जनाएको छ । कास्मिरको चिरीकोट र सतवाल खण्डमा शनिबार बिहान भएको युद्धविराम उल्लङ्घनको घटनाले हिंसा भड्काउन सक्ने भनी भारतीय अधिकारी सिंहलाई जनाइएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भारतीय पक्षको गोली लागी सतवालका २२ वर्षीय एक युवती र टेट्रीका एक युवकको ज्यान गएको र तीनजना अन्य घाइते भएका जनाइएको छ ।
“जानाजान पाकिस्तानी सर्वसाधारणमाथिको आक्रमण मानवीय प्रतिष्ठामाथि तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लङ्घन भएको छ” – पाकिस्तानले भेटका क्रममा भारतीय अधिकारीलाई जानकारी गरायो ।
पाकिस्तान र भारतले सीमा क्षेत्रमा तनाव कम गर्न सन् २००३ देखि युद्धविरामको घोषणा गरेका छन् तर दुवैले बेलाबखत युद्धविराम उल्लङ्घन गरेको भनी अरोप लगाउँदै आएका छन् । महानिर्देशक फैसलले युद्धविरामको सम्मान गर्न र शनिबार तथा अन्य विभिन्न समयमा भारतीय पक्षबाट भएका उल्लङ्घनका घटनालाई अनुसन्धान गरी सीमा क्षेत्रमा सम्झौताअनुरूप शान्ति कायम गर्न आग्रह गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
फैसलले संयुक्त राष्ट्रसङ्घ सैनिक अनुगमन समूहलाई राष्ट्रसङ्घ सुरक्षा परिषद् सङ्कल्प प्रस्ताव बमोजिम अनुगमनका लागि अनुमति दिन भारतीय पक्षसँग जोडदार माग राखेको बताउनुभयो । भारत–पाकिस्तानको सीमा क्षेत्रमा गत वर्ष सेप्टेम्बरमा भारतीय पक्षबाट १९ जना सैनिक मारिएपछि यस क्षेत्रमा पटक पटक तनाव उत्पन्न हुँदै आएको छ । सिन्ह्वा
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_VzcCi5hJvJ_bwgfanmlkfbevrdlfeodyd7yvt32uxk7bhpnyq8fktxxfdws0gke12ii8vlh.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया