एभरेष्ट बैंकको टिच फर नेपाललाई निरन्तर सहयोग

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक हिस्साका रूपमा देशका विपन्न वर्गलाई शिक्षा प्रदान गर्न विभिन्न कल्याणकारी गतिविधिहरू गरिरहेको छ । यस प्रयासमा बैंकले हालसालै शिक्षामा सीएसआरको पहल अन्तर्गत टीच फर नेपाललाई सहयोग पुर्याउन चेक हस्तान्तरण गरेको छ ।
टिच फर नेपाल उत्कृष्ट विश्वविद्यालय स्नातकहरू र युवा पेशेवरहरूको एक पहल हो जुन नेपालमा शिक्षा असमानता अन्त्य गर्न प्रतिबद्ध छन् जसले सार्वजनिक विद्यालयहरूमा दुई वर्षको फेलोशिप शिक्षणको साथ सुरू गर्दै आइरहेको छ । एभरेष्ट बैंकले नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाई र खानेपानीलाई सहयोग गरिरहेको छ ।
आफ्नो ‘सर्भिस विथ स्माइल’ नाराका साथ एभरेष्ट बैंक सधै आफ्नो ग्राहकहरुको फाइदा र सन्तुष्टिमा केन्द्रित रहने गर्दछ । सीएसआर गतिविधिहरूको एक भागको रूपमा एभरेष्ट बैंक सधैं सामाजिक जिम्मेवारीप्रति सचेत रहेको छ र व्यापक रूपमा जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाख भन्दा बढी रहेका छन् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले हालसालै क्यामेल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्गन गरिएको बैंकको रुपमा चयन भएको छ ।
हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटीएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_JgX0Um1NCp_14atvijsrm7pskpqlk5zfceecq9vht2mleipnofnirnp3w5brdmq9qeikbk8.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया