स्पेनिस प्रधानमन्त्रीपत्‍नीमा पनि कोरोना भाइरस

 spenies_PM

spenies_PM

काठमाडौँ ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले सार्वजनिक गरेको रिपोर्टका अनुसार स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य परीक्षण गर्दा उहाँमा कोरोना भाइरस फेला परेको हो । कोरोना भाइरस देखिए पनि उहाँ खतरामुक्त रहेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्।

स्पेनिस सराकारले मन्त्रिपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराउनुभएको थियो । त्यसक्रममा दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा संक्रमण भेटिएको थियो। युरोपमा इटालीपछि स्पेन कोरोना भाइरसले संक्रमित दोस्रो ठूलो देश हो । यहाँ शनिबार साँझसम्म कोरोना भाइरस संक्रमणबाट सय जनाको मृत्यु हुनुका साथै ५ हजार ७ सय व्यक्ति संक्रमित भएको स्पेनिस सञ्‍चारमाध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित