ट्रम्पका छोराले किन भेटे रुसी कानुन व्यावसायीलाई ?

काठमाडौं :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले रुसी कानुन व्यावसायीलाई भेटेको खुलासा भएको छ । डोनाल्ड ट्रम्प जुनियर र उनको चुनावी अभियानका प्रमुखले हिलरी क्लिन्टनबारे गोप्य सूचना लिन रुसी कानुन व्यवसायी नतालिया वेशेलनिट्कायालाई भेटेको न्यूयोर्क टाइम्सले दाबी गरेको छ ।
बीबीसीका अनुसार डोनाल्ड ट्रम्प जुनियरले वेशेलनिट्कायालाई भेटेको स्वीकार गरेका छन् तर, त्यो भेटमा हिलरी क्लिटनबारे कुनै महत्वपूर्ण जानकारी आदान प्रदान नभएको बताएका छन् । डोनाल्ड ट्रम्पको कोर टिमले रुसी नागरिकलाई भेटेको यो पहिलो पटक पुष्टि भएको हो ।
अमेरिकी राष्ट्रपतिको चुनावमा रुसको भूमिकाबारे अमेरिकी अधिकारीहरुले अहिले अनुसन्धान गरिरहेका छन् । डोनाल्ड ट्रम्प जुनियरले वेशेलनिट्कायालाई ९ जुन २०१६ मा न्यूयोर्कस्थित ट्रम्प टावरमै भेटेका थिए । यो भेट ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेको दुई साता पछि भएको हो । – एजेन्सी
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_3EN9KBHzqG_1hghzbvpejpaozrjz0bmio9yup6fnlo82g3vfsnfalw8xzfpckgpjcdid9o2.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया