तराईमा बस्ने सबै भारतीय होइनन्

सञ्जय कुमार श्रेष्ठ ।
तराई मधेसमा बस्ने जनता सबै भारतीय नागरिक होइनन् । हो एमाले र एमालेका नेताहरूले भने जस्तै तराई मधेसको भूभागमा केही भारतीय छन् । उनीहरूले दोहोरो नागरिकता लिएर फाइदा लिइरहेका छन् । आपराधिक क्रियाकलाप गर्दै पनि आएका छन् । त्यसलाई नियमन गर्ने बेला आएको छ । तर, भारतीयको ट्याग लगाउँदैमा पानीमाथिको ओभानो बन्न मिल्दैन । एमाले पनि जिम्मेवार बन्नु पर्छ । जसरी अहिले आएर कांग्रेस र माओवादी केन्द्र जिम्मेवार बनेका छन् त्यसै गरी एमालेले जिम्मेवारी बहन गर्न सक्नु पर्छ । अन्यथा एमालेको खोक्रो राष्ट्रवादले कुनै दिन तराई नेपालबाट नटुक्रिएला भन्न सकिँदैन ।
अमेरिका र पश्चिमा राष्ट्रहरूको उक्साहटमा रहेका सीके राउतहरू तराईलाई टुक्राउने भनेर खुलेआम कार्यक्रम गर्दै आएका छन् । सीके राउतलाई बढावा दिने गरेर एमालेले किन आफ्ना क्रियाकलाप गरेको हो खोजीको विषय बनेको छ । एमालेले जित मधेसी जनता विरुद्ध बिषवमन गर्छ त्यति धेरै सीके राउतलाई फाइदा हुन्छ । मधेसी दलहरू तराईमा कमजोर हुनु भनेको सीके राउतलाई फाइदा हुनु हो । सीके राउतलाई सिध्याउन एमालेले जिम्मेवार बन्न सक्नु पर्छ । होइन भने सीके राउतलाई एमालेले पालेको छ भन्ने अर्थ लाग्नेछ ।
कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दलहरू मिलेर गए राष्ट्रको हित हुन्छ । एकअर्कालाई हिलो छ्यापेर कसैको भलो हुँदैन । हो तराई मधेसमा भारतीय नागरिक छन् भने ती नागरिकहरूका विषयमा छानविन गरौं । नागरिकतालाई कडाइ गर्न सकिन्छ भने गरौं ।
तर, मधेस केन्द्रित दलहरूले पनि हिन्दी भाषालाई मातृ भाषा र नागरिकतालाई सस्तो बनाउने प्रस्ताव छाड्नु पर्छ । मैथली, भोजपुरी, थारुलगायतका मातृभाषालाई सम्पर्क भाषा बनाउन सकिन्छ । तर, हिन्दी भाषालाई राष्ट्र भाषा कदापि बनाउन सकिँदैन । र विदेशी नागरिकलाई तत्काल नागरिकता पनि दिन सकिँदैन । त्यसका लागि केही प्रक्रिया अपनाउनु पर्छ ।
एमालेले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि कथित राष्ट्रवादी कुरा गरेर भाग्न पाउँदैन । मुलुकलाई सबै मिलेर निकास दिनुपर्छ । राष्ट्रियताका पक्षमा निर्णय गर्नुपर्छ । आजको आवश्यक्ता त्यही हो । एमालेले तराई मधेसमा बस्ने सबै मधेसी जनतालाई भारतीय देख्न छाड्नु पर्छ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_F5QIEJr6NQ_4ubpptwoiztqmpf3gsz2knye1kdb7oyglvq3q3ivtlhcocdasglbgnn2nrbh.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_ydOZz8Dwka_s4ufskrt7wu57eyvrrg7rjbaowhjtvkjzsily3w0pnacyyq2flwjrjzmnyp1.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_KKY5a9h45u_gyheiapongsv9igmddnjcnyfbt7jc6q08mzbkoug76b0ps2zwfelsaaxhx6y.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_FfJDuSjQkG_3owrce9ncpu3rsuefbcfjqyu8wwv3qqlxlll3i4xj09dzwwar8nbxwtm96es.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया