दिल्ली हिंसाः दुई पक्षीय प्रदर्शनमा भएकाे झडपमा परी मृत्यु हुनेको संख्या २० पुग्याे

काठमाडाें । नागरिकता कानुनको विषयमा भएको दुई पक्षीय प्रदर्शनका क्रममा भएकाे झडपमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । नागरिकता संशोधन ऐनको विषयलाई लिएर भारतको राजधानी दिल्लीमा भएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको र १८९ जना घाइते भएका छन् ।
दिल्ली उच्चअदालतका न्यायाधीश द्वय एस मुरलीधर र अनुन भंवानीले राति साढे बाह्र बजे मानवअधिकारवादी वकील सुरुर मंदरको रिटमा सुनुवाई गर्दै घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न आदेश दिएको छ ।
अदालतले अल–हिंद अस्पतालमा उपचाररत घाइतेहरूलाई जीटीबी अस्पताल वा त्यहाँ लैजान नसक्ने हो भने एलएनजेपी, मौलाना आजाद अस्पताल वा अन्य सरकारी अस्पतालमा लैजान भनिएको छ ।
दिन प्रतिदिन हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गरेका छन् ।
उनले ट्विट गर्दै प्रहरीको सक्दो प्रयासबाट पनि शान्ति नभएपछि सेना परिचालन गरी कर्फ्यू जारी गर्नुपर्ने बताका हुन ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_gVoHjomtVm_atpbcrxmnjosmfillxrkotxqe7onp68owsprgiyyzftg3zd5jjnwa29oblfw.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया