कोरोना भाइरसः जुठो खाएपछि एकै परिवारका नौ जना संक्रमित

corona-2512020030919-1000x0-1

corona-2512020030919-1000x0-1

एजेन्सी । एक अर्काको जुठो खाएपछि एकै परिवारका नौ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनीहरुले एक अर्काको जुठो खाएकै कारण नौ जनालाई नै कोरोना भाइरस सरेको पुष्टि भएको छ । नौ जना मध्ये को को पहिल्यै कोरोनाबाट संक्रमित थिए र क कसलाई पछि सर्यो भन्ने बारे भने खुल्न नसकेको साउथ चाइना मर्निङ पोस्टले छापेको छ ।

यही जनवरी २६ मा हङकङको कुवुन टोङस्थित लेन्टो पार्टी कोठामा उनीहरू भेला भएर आपसमा हाटपट र बार्बेक्यु खाना साटासाट गरेर खाएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित