भारलाई चेतावनी दिँदै ठूलो परिमाणमा हतियार बोकेको चिनियाँ सेना तिब्बतमा

काठमाडौं । भारत र चीनबीचको डोकलाम सीमामा दुई देशबीच तनाब बढिरहेकै वेला ठूलो परिमाणमा हतियार बोकेको चिनियाँ सेना तिब्बत प्रवेश गरेको छ। ती हतियार सडक र रेलमार्ग हुँदै सो क्षेत्रमा ओसारिएको जनाइएको छ । हतियार ल्याइएको क्षेत्र चीनका लागि रणनीतिक महत्वको क्षेत्र बताइन्छ । पछिल्ला साता चीनबाट प्रकाशित हुने विभिन्न सञ्चार माध्यहरूले भारतलाई बारम्बार चेतावनी दिँदै आएका छन् ।
भारतीय सेना सीमाबाट नफर्किएमा भारतले अप्रिय परिणामको सामना गर्नुपर्ने चेतावनी चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स र सिन्ह्वाले दिँदै आएका छन् । तर, यी दाबीबारे चीन सरकारले आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन । एक साताअघि मात्र जनसेनाको एउटा समूहले तिब्बती क्षेत्रमा विशाल सैन्य अभ्यास गरेको थियो ।
सो अभ्यास पछिल्लो वर्षयताकै सबैभन्दा ठूलो भएको चिनियाँ सञ्चार माध्यहरूले जनाएका छन् । चीन र भारतका सेना सीमावर्ती क्षेत्र डोकलाममा आमनेसामने भइरहेका वेला जनसेनाको अभ्यासलाई अर्थपूर्ण रूपमा लिइएको छ । चीनको पछिल्लो कदमले भारत थप सतर्क र चनाखो बनेको छ । चीनले हतियार ओसारेको र युद्ध अभ्यास गरेको क्षेत्र डोकलामबाट नजिकै रहेको हङकङस्थित साउद चाइना मर्निङ पोस्टले जनाएको छ ।
यता,भारतीय सेनाको एउटा समूहले सीमा क्षेत्रमा टेन्ट टाँगेर २४सै घन्टा निगरानी बढाएको छ । चिनियाँ सेनाले आफ्ना गतिविधि नरोकेसम्म भारतीय सेना पछाडि नहट्ने सेनाका अधिकारीहरूले बताएका छन् । १० हजार फिटको उचाइमा सिक्किमको सीमामा परिचालन गरिएका सेनालाई नियमित रूपमा खाद्यान्न र बन्दोबस्तीका सामग्री पठाइएको भारतीय अधिकारीहरूले बताएका छन् । बन्दोबस्तीका सामग्रीसहित सेना परिचालनले नयाँदिल्ली बेइजिङसँग नझुक्ने संकेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चिनियाँ सेनाले डोकलाममा सडक निर्माण गरेपछि दुई देशबीचको तनाब चुलिएको छ । -एजेन्सीको सहयोगमा
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_yNfCPHnRYM_71bcoi7i56iag2lgkdzkeikopzd29ge4gusgbtdwdffpz8k0szta4n3kkqx2.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया