अध्यक्षद्धयलाई शिवमायाको यस्तो चुनौती

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आफूले उपसभामुखबाट राजिनामा नदिने दोहोर्याएकी छन् ।
अध्यक्षद्धयले गरेको राजिनामाको आग्रहलाई उनले दोस्रो पटक पनि अस्वीकार गरेकी हुन् । सचिवालय बैठकको निर्णयसमेत नमानेपछि दुवै नेताले उनलाई आइतबार विहान बालुवाटारमै बोलाएर राजिनामाका लागि आग्रह गरेका थिए ।
तुम्बाहाम्फेले आफूलाई सभामुखमा उम्मेदवार बनाए मात्रै राजिनामा दिने अडान राख्दै आएकी छन् ।
यस अघि पनि उनले आफूलाई सभामुख नबनाए नेकपाले नै सभामुख पद गुमाउनु पर्ने भन्दै राजिनामा नदिने बरु महाअभियोग लगाएर हटाउन समेत चुनौति दिएकी थिइन् ।
आज अध्यक्षद्धयसामु उनले शुक्रबारसम्म आफूलाई सभामुख बनाउने निर्णय नगरे चुनावी प्रक्रिया थाल्ने पनि चेतावनी दिएकी थिइन् ।
उक्त छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव बिष्णु पौडेल पनि सहभागि थिए ।
डा. तुम्बाहाङ्फेले राजीनामा नदिएमा नेकपा सामु उनैलाई सभामुख बनाउने, समानुपातिक सांसदको सूचीबाट उनको नाम हटाउने र त्यो पनि सम्भव नभए पार्टीले निर्वाचन आयोगलाई पत्र लेख्ने र त्यो पनि सम्भव नभए अन्तिम विकल्प चाहिँ महाअभियोग नै हो
हुनत उनले महाअभियोग लगाएर हटाउनसमेत चुनौती दिइसकेकी छन् ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_wCvRnyuvWe_ddr0fvyjdmn1wk9rblebf4drzklis7hykre4l1uaoeqecuxytbdsjllg2uvy.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया