ट्रम्पका सञ्चार निर्देशक वर्खास्त

काठमाडौं :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक एन्टनी स्कारामुची बर्खास्त भएका छन् । पदमा नियुक्त भएको १० दिन नपुग्दै उनी बर्खात्तमा परेका हुन् । स्कारामुचीले हालै एक पत्रिकालाई दिएको अन्तरवार्ताका कारण उनी बर्खास्त भएको ह्वाइट हाउसका अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले भने ‘ह्वाइट हाउसका लागि एक महत्वपूर्ण दिन’ भएको ट्विटरमा उल्लेख गरेका छन् । एक धनी वित्तीय लगानीकर्ता समेत रहेका स्कारामुचीले केही दिन अहिले पदबाट हटाइएका चिफ अफ स्टाफ राइन्स प्रिबसविरुद्ध अशिष्ट भाषा प्रयोग गरेका थिए ।
स्कारामुचीको नियुक्तिपछि उनलाई काम गर्न सहयोग होस् भनेर ह्वाइट हाउसका प्रेस सचिव सन स्पाइसरले राजीनामा दिएका थिए । त्यसपछि अशिष्ट भाषा प्रयोग गर्दै उनले ह्वाइट हाउसका प्रमुख कर्मचारी साइन्स प्रिबसमाथि खनिए । साइन्स प्रिबसलाई शुक्रबार हटाइयो थियो । अहिले फेरि स्कारामुची आफैं पदमुक्त भएका छन् । – एजेन्सी
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_yNfCPHnRYM_71bcoi7i56iag2lgkdzkeikopzd29ge4gusgbtdwdffpz8k0szta4n3kkqx2.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया