गुण्डा नाइके बाघेसहित १८ जना पक्राउ

baghe

baghe

  काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले गुण्डानाइके ‘बाघे’ भनिने सन्देश लामासहित १८ जना बालुवा डिपो सञ्चालकहरुलाई पक्राउ गरेको छ ।

विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनी पछिल्लो पटक बालुवा ठगीको आरोपमा पक्राउ परेका हुन् । बाघे स्वयम्भू चमतेबाट पक्राउ परेका हुन् ।

माहाशाखाको टोलीले स्वयम्भू, महाराजगञ्ज र बालाजुबाट बाघेसहित १८ वटा बालुवा डिपोका सञ्चालकलाई पक्राउ गरेको हो।उनीहरुमाथि ठगी अभियोगमा अनुसन्धान भइरहेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।


जेबिएस डिपोका सञ्चालक लामा यसअघि पनि विभिन अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ। मात्रा नपुर्‍याई बालुवा बिक्री गरेको आरोपमा उनी र अन्य बालुवा डिपो सञ्चालकलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित