छिमेकी मुलकसँगको सम्बन्ध सुधार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको बाटोमा अघि बढेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार भृकुटिमण्डपमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै उनले भने–‘हाम्रो देश हामीले नै बनाउने हो, कानूनी राज्य पालना, सुशासन कायम र भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ भएकाहरुले आँखा चिम्लेर केही पनि भएन भन्ने गरेको बताउँदै उनीहरुलाई आँखा खोलेर जनताका लागि भएका काम हेर्नुपर्ने बताए ।
‘जनताका लागि धेरै काम भएका छन् । जस्तै बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण, कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्यलगायत छन्’ उनले भने ।
प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध रहेको चर्चा गर्दै विविधतामा एकता रहेको बताए । उनले विविधताको एकतालाई कसैले विखण्डन गर्न नसक्ने उल्लेख गरेका थिए । एकताको बलको आधारमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा सरिक हुन उनले आह्वान गरे ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_JgX0Um1NCp_14atvijsrm7pskpqlk5zfceecq9vht2mleipnofnirnp3w5brdmq9qeikbk8.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया