शिर्ष नेताहरुको गल्तीले कांग्रेस पराजित

त्यो लोकप्रियतालाई कांग्रेसले मतदातामा भजाउन सकेन । फलस्वरुप प्रत्यक्षमा २३ सिटमा झनु परेको छ ।
माओवादीको १७ बाट घटेर १४.३ प्रतिशतमा मत झरेको छ । एमालेको ३३ बाट बढेर ३६ प्रतिशत भएको छ । यो मत संख्यालाई नेपाली कांग्रेसले सकारात्मक रुपमा लिनुपर्छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले कांग्रेस पराजित हुनुमा बाम गठबन्धन मात्रै बाधक नरहेको बताउँछन् ।
‘कांग्रेस कमजोर छैन’, उनले भने,‘कांग्रेसले पाएको भोट कुनै पनि हालतमा कम छैन । तर, न्यूटल भोट कांग्रेसका उम्मेदवारले पाउन सकेनन् । फलस्वरुप कांग्रेसले जित्न सकेन ।’कांग्रेसका नेता खाँणले जे भने पनि कांग्रेसलाई बाम गठबन्धनले पराजित गरेको छ । तराईमा पनि नेपाली कांग्रेस पराजित भएको छ । यसको कारण कांग्रेस नेतृत्व नै हो । कांग्रेसका नेताहरूको सत्ता मोह, आफ्नालाई भन्दा बाहिरकालाई कांग्रेस नेदेख्ने, जिल्ला र आफ्नो क्षेत्र नघुम्ने, अवसर पाइँदा नातागोतालाई मात्रै दिने, भ्रष्टाचारमा लिप्त हुने आदि जस्ता कारणले कांग्रेस पराजित हुन पुगेको छ । कांग्रेसको पक्षमा मतदाता हुँदाहुँदै पनि नराम्रोसँग पराजय भोग्नु पर्ने अवस्था आउँदा त्यसलाई नेतृत्वले जति नै बचाउ गरे पनि आन्तरिक गुटको राजनीतिले नै कांग्रेस हारेको हो । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत, खुमबहादुर खड्का, डा.शशांक कोइराला लगायतका नेताहरूले कांग्रेस हारको जिम्मेवारी लिनुपर्छ । उनीहरू नै कांग्रेस हराउने असली पात्र हुन् । मन्त्रीदेखि राजनीतिक नियुक्ति र विभिन्न अवसर उनीहरूले आफ्नालाई मात्रै दिएका छन् । उनीहरूले कांग्रेसका कार्यकर्ताहरूसँग यतिसम्म अन्याय गरेका छन् कि आफ्ना पत्नी, सम्बधी, छोराछोरी, मेनपावर व्यवसायी, व्यापारी, ठेकेदार, तस्कर, गुण्डा आदिलाई टिकट दिएर ठूलो गल्ती गरेका छन् ।
बालकृष्ण खाँण, खुमबहादुर खड्कासहितका नेताहरूले आफ्ना पत्नीलाई समानुपातिक सूचीमा अग्रस्थानमा राखेका छन् । स्वयं बालकृष्ण खाँण पनि समानुपातिकमा बसेका छन् । यसरी आफ्ना लागि मात्रै नेताहरूले राजनीति गर्ने हो भने उनीहरू नहारेर को हार्छ निर्वाचनमा ? कैलालीमा शेरबहादुर देउवाले आफ्नी पत्नीलाई प्रत्यक्षमा टिकट दिएर पनि त्यहाँका कांग्रेस कार्यकर्ताको मन दुखाए । जसको फलस्वरुप आरजु राणाले निर्वाचन हारिन् । नेपाली कांग्रेसका पहिलो लहरका नेताहरूले सबैभन्दा पहिला आफूलाई सच्चाउन जरुरी छ । होइन भने कांग्रेस अबको पाँच वर्षपछि अहिले कै परिणाम भोग्ने गरेर बस्नुपर्छ । पहिलो पुस्ताले अब दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरणको बाटो लिनै पर्ने भएको छ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_idKCF2WsGS_pzpcriyh1gzlpmfo6xeetjjs4prxcv2jnkfpytob60os9otv1et6peouffhx.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_43HZkevB7Y_y7v0rtt9zxu6ljapy5zixokag4icturoym0b8wpvtpmdqzykluufwqkdo3qb.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_sbuhIOV4SM_43zc83c7kzs8tlih8kszx5hl51xbnu49k7jd8iwlbdtkbnyashlgzceotgy4.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_MoobqDXweb_leejkqfwkbch9dbjvipj2dam4u83oyhxleutmydoqrhqovrqtbjm8dlvuwg6.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया