बारामा १ सय ५० क्वीन्टल सुपारीसहित ट्रक नियन्त्रणमा

supari
बारा । प्रहरीले भन्सार छलेर ल्याइएको १ सय ५० क्वीन्टल सुपारीसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरीले अवैध सुपारीसहित लु २ ख ३७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।
ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका वडा नं.९ बाट उक्त परिमाणको भन्सार छलेर ल्याइएको अवैध सुपारी नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्गमा सवारी साधन चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको सुपारीको बजार मुल्य ३१ लाख ३५ हजार ७ सय ५० रुपैयाँ पर्ने बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।
नियन्त्रणमा लिइएको ट्रक आवश्यकको अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_9MzKbfvJ8y_pfcecwmro4qltve3x4u6lcw2dw40zz2wnyoqhsbazgy4bdcy5sasnywmohrk.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया