एनआरएनए मकाउको अध्यक्षमा गुरुङ निर्वाचित , दिर्घकालिन योजना बनाएर अघि बढ्ने घोषणा

nrnamakau

nrnamakau

 काठमाडौँ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मकाउको अध्यक्षमा पूर्ण बहादुर गुरुङ विजयी भएका छन् ।  एनआरएनए मकाउको हिजो भएको छैटौँ महाधिवेशनमार्फत उम्मेद्वारी दिएका तत्कालिन गुरुङ अध्यक्षमा विजयी भएका हुन्।

  त्यस्तै, उपाध्यक्षमा रत्नमणि राई, राजकुमार गुरुङ, विकेन जोशी, महासचिवमा शिव थापा र सचिवमा राजेश गुरुङ निर्वाचित भएका छन् ।

युवा संयोजकमा निशान घर्ती क्षेत्री, महिला संयोजकमा शर्मिला राई तथा सदस्यहरुमा कल बहादुर तामाङ, सन्तोष गुरुङ, सुरेन्द्र तामाङ, धर्म वीर बुढा, गम्वीर महत, दिपक तामाङ, रोजन लामा, सुरेश सुनार विजयी भएका छन् ।  महाधिवेशनबाट आईसीसी सदस्यमा मंगल बहादुर राई विजयी भएका छन् 

नवनिर्वाचित अध्यक्ष गुरुङले आफू एनआरएनए मकाउको रुपान्तरणसँगै मकाउमा नेपालीका समस्या समाधानका लागि दिर्घकालिन योजना नै बनाएर अघि बढ्ने बताएका छन् ।

लामो समयदेखि राेजगारीकाे सिलसिलामा मकाउमा रहेका गुरुङले एनआरएनएको रुपान्तरण र संस्थागत विकासमा लाग्ने भन्दै ९ बुँदे एजेन्डासहितको घोषणापत्र जारी गरेका थिए ।

गुरुङ सन् २००७ मा एनआरएनए मकाउको संस्थापक सचिव, २०१५ मा कोषाध्यक्ष तथा बर्तमान निबर्तमान महासचिव समेत हुन् । उनी एनआरएनए मकाउमा मात्रै नभई विभिन्न सामाजिक संस्थामा समेत आबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित