भक्तपुरले विकास होइन विकासले भक्तपुर खोज्ने दिन आइसक्यो : सांसद बस्नेत

mahesh basnet

mahesh basnet

  भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले तीन बर्षभित्र भक्तपुरको विकासले काँचुली फेर्ने दावी गरेका छन् ।

राज्यको लगानीबिना पनि विकास संभव छ भन्ने प्रमाणित भक्तपुरले गरिसकेको दावी गर्दै उनले भक्तपुर समय र परिस्थिती तथा जनताको चाहना अनुसार विकास र समृद्धिमा अघि बढेको बताए ।

सूर्यविनायक नगरपालिका–२ वालकोटदेखि सिरुटार जाने सडकमा शनिबार सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै सांसद बस्नेतले आगामी दिनमा भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्ने बताए ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले भने–‘जनप्रतिनिधिको कमजोरीका कारण हिजो भक्तपुर विकास र समृद्धिमा पछि परेको थियो । तर, अब त्यस्तो हुँदैन । अब भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्छ ।’


भक्तपुर बासीको मागमा समेत परिवर्तन भइसकेको भन्दै सांसद बस्नेतले भने–‘हिजो भक्तपुरबासीको माग सडक, ढल, खानेपानीलगायतमा थियो । तर, आज त्यो मागमा परिवर्तन भइसकेको छ । अहिले भक्तपुरबासीको माग हरियाली प्रवद्र्धन, स्वच्छ वातावरण, पार्क, मर्निङ स्पोर्ट, खेल परिषद्लगायतमा पुगिसकेको छ । यसले पनि भक्तपुर समृद्धिको दिशामा अघि बढिरहेको देखाउँछ ।’

दिल्लीमा भएको हरियाली प्रवद्र्धनले तीन डिग्री तापक्रम घटेको तथा दुवईमा पानी पर्न थालेको उदाहरण दिंदै पूर्व उद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले मानविय जीवनमा वातावरण सवैभन्दा महत्वपूर्ण पाटो रहेकोप्रति पनि जोड दिए । उनले भने–‘त्यसैले वातावरण संरक्षणमा हामी सबै लागौं ।’

प्रतिक्रिया

सम्बन्धित