ग्राण्डी अस्पतालको एकपछि अर्को ठगी, डाक्टरको लापरबाहीले बच्चाको मृत्यु (भिडियो सहित)

grandi hospital

grandi hospital

  काठमाडौं । एकपछि अर्को काण्डले बद्नाम हुँदै गइरहेको ग्राण्डी इन्टरनेशनल अस्पतालको अर्को लापरबाही सार्वजनिक भएको छ । उपचारको नाममा ५ पटकसम्म ट्रायल अपरेशन गरी नवजात शिशुको अवस्था नाजुक बनाएको प्रकरणमा ग्राण्डी अस्पतालमाथि नेपाल मेडिकल काउन्सिलले छानविन गरिरहेको छ । तर, अस्पतालमाथि कारबाही नगराउन ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र अध्यक्ष दीपक कुँवरले काउन्सिललाई दबाब र प्रभावमा पार्दै आइरहेका छन् ।

गत जेठ ८ गते सञ्जिव न्यौपाने र उनकी श्रीमती एकता घिमिरेले अस्पतालले आफ्नो नवजात शिशुको उपचारमा लापरबाही गरेको तथ्य र प्रमाण सहित नियामक निकाय मेडिकल काउन्सिलमा उजुरी दिएका थिए । यो घटना सेलाउन नपाउँदै आज फेरि अर्को घटना भएको हो ।

डाक्टरको लापरवाहिले उपचारका क्रममा बच्चाको मृत्यु भएपछि मृतकका आफन्तले ग्राण्डी अस्पतालमा प्रदर्शन गरेका हुन् । २० असारमा जुम्ल्याह बच्चा जन्माएकी गोल्फुटारकी निशा तामाङको एउटा वच्चाको साउन ६ गते नै ग्राण्डी अस्पतालमा मृत्यु भएको थियो भने अर्को बच्चालाई इसान अस्पताल पु¥याएर बचाएको निशाका श्रीमान दोर्जेले माइन्यूज नेपालसँग बताए ।

सामान्य अवस्थामा रहेको बच्चालाई अस्पतालले पैसाका लागि एनआइसीयूमा राखेर इन्फेक्शन भएका कारण बच्चाको मृत्यु भएको पीडितको आरोप छ । त्यसपछि बच्चाको मृत्युबारे छानविन गरी क्षतीपूर्ति दिलाउन लामो समय कुर्दा पनि अस्पतालले वेवास्ता गरेका कारण आफूहरु आन्दोलन गर्न बाध्य भएको दोर्जे बताउँछन् ।

अस्पतालले त्यतिबेलै गल्ती गरेको स्वीकार गरेको थियो । तर, अझैसम्म पनि चिकित्सकलाई कारवाही नगरेको र कुनै पनि क्षतीपूर्ति उपलब्ध नगराएका कारण आन्दोलन गर्न बाध्य भएको उनी बताउँछन् ।

बच्चाको उपचारमा संलग्न डाक्टरहरु रमिता श्रेष्ठ, रिमा श्रेष्ठ र अञ्जु डंगोललगायतमाथि दोर्जेले कारबाहीको माग गरेका छन् । अस्पताल प्रशासनले २१ गते बुधबारसम्म उपचारमा लापरबाही गर्ने डाक्टरहरुलाई कारबाही गरी आवश्यक क्षतीपूर्तिको आश्वसन दिएपछि आफूहरु अस्पतालबाट बाहिरिएको पीडित दोर्जेले बताए ।

त्यसो त न्यौपानेको नवजात शिशुको पनि इन्फेन्सन भएको भन्दै अस्पतालले एनआईसीयुमा भर्ना गरेर पाँच पटकसम्म अप्रेसन गरेको थियो । तर, शिशुको अवस्था दिन प्रतिदिन कमजोर हुँदै गइरहेको छ । अस्पतालले नवजात शिशुलाई हाइडोजको औषधी दिएको गल्ती पनि स्वीकार गरिसकेको छ । तर, काउन्सिलले भने उल्टै ग्राण्डीलाई नै संरक्षण दिंदै आइरहेको हुँदा रिपोर्ट सार्वजनिक गर्न ढिलाई गरिएको छ ।

नवजात शिशुको उपचारमा संलग्न डा. अमित थापाले आफ्नो गल्ती सार्वजनिक रुपमा स्विकार गर्दा पनि काउन्सिलले कारबाही गर्नु त परै जाओस् अस्पतालले समेत उनलाई साधरण सोधपुछ समेत गरेको छैन ।

डा. थापाले आफूले नावालक शिशुलाई आवश्यकताभन्दा बढी सिटामेल दिएको स्विकार गरिसकेका छन् । तर, मेडिकल डाइरेक्टर पाण्डे र अध्यक्ष कुँवरले नै थापालाई संरक्षण दिंदै आइरहेका छन् ।

कुँवरको धन्दा
९ महिनसम्म ३५ लाख भन्दा बढि खर्च गरिसकेका न्यौपाने दम्पत्तिलाई न्याय दिलाउनु त परै जाओस अस्पतालका अध्यक्ष कुँवर भने मेडिकल काउन्सिलमा चलखेल गर्न व्यस्त छन् । केही दिन अघि कुँवरले  काउन्सिलका कार्यवाहक अध्यक्ष नारायणविक्रम थापालाई भेटेर अस्पताललाई कारबाहीबाट बचाउन आग्रह गरेको काउन्सिल स्रोतले बतायो ।

कुँवरले डा. अमित थापा अस्पतालका लागि राम्रो डाक्टर भएको भन्दै उनीमाथि कारबाही नगर्न थापालाई आग्रह गरेका थिए । विवादास्पद व्यापारी कुँवरले उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलमार्फत पनि काउन्सिललाई दबाब दिइरहेका छन् ।

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया

सम्बन्धित