नेम्वाङको संयोजकत्वमा विशेष समिति गठन

काठमाडौं । प्रतिनिधिसभाले सुवास नेम्वाङको संयोजकत्वमा अध्ययन तथा सुझाव विशेष समिति गठन गरेको छ ।
नेकपा संसदीय दलका उपनेता नेम्वाङको संयोजकत्वमा समिति गठनसँगै प्रतिनिधिसभाको अवरोध खुलेको हो ।
सभामुख कृष्णबहादुर महराले संसदलाई प्रभावकारी बनाउन र गतिरोध अन्त्यका लागि संविधान, नियम र स्थापित मान्यताअनुसार सहमति गर्ने जिम्मेवारी समितिलाई दिएका छन् ।
सात सदस्यीय समितिमा नेकपाबाट नेम्वाङसहित, देव गुरूङ र बिन्दा पाण्डे सदस्य छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका तर्फबाट पुष्पा भुषाल र मिनेन्द्र रिजाल, समाजवादी पार्टीका उमाशंकर अरगरिया र राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्ण सदस्य छन् ।
समितिलाई एक महिनाको समय दिइएको छ । त्यसअघि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक गरेका थिए ।
बैठकमा समिति गठनको सहमति जुटेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्लाहीका दुई घटनामा प्रहरीको भूमिकाबारे संसदीय छानबिन समिति गठनको माग गरेको थियो ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_O3BNzfCtWu_ao8emcfmpyoqv2cej4wwx5z2uo91opsq7phrr52ujg7difkmo6zofed60yna.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_xex1w40uKu_xzmgesoylvrxkg6w7mq701hf3marz07k6nf0mtxkp1tgd7rcvafsihkam3jh.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_5c8AdhZjHa_ocqjiyb2risnwk1xwbaiwlhvvh5nfrsgqnooyqcy6t1dcmn4nfeuy7mn5bb1.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_bZzhGTuk1W_ycga72ea5omrkljhlzr2vdw2qp6hbobacvdqloxhgukwp30aqfoozbz2y7if.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया