डोक्लम मुद्दामा नेपालको कस्तो सहयोग चाहन्छ चीन ?

काठमाडौं । चीनले डोक्लम समस्याबारे नेपालले तटस्थ कायमै राखोस् भन्ने चाहना राखेको छ । जानकार कूटनीतिक स्रोतका अनुसार नेपालले डोक्लम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रूपमा लिएको छ । नेपालले डोक्लम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा रहेको भ्रमणबारे जानकार एक कूटनीतिक अधिकारीले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा डोक्लम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको अधिकारीहरूले बताए । 'डोक्लम चीनको भूभाग हो । चीनले सडक बनाउँदै गर्दा भारतीय सैनिकले हस्तक्षेप गरी निर्माण कार्यमा अवरोध गरेपछि मात्र डोक्लममा तनाव देखिएको हो । नेपालले यस मामिलामा आफ्नो तटस्थ नीति कायम राखोस् र प्रधानमन्त्री देउवाको भारत भ्रमणमा यो मुद्दा नबनोस् भन्ने चीन चाहन्छ', एक चिनियाँ अधिकारीले भने । ती चिनियाँ अधिकारीले चीनले नेपालसँग डोक्लम मुद्दामा नेपालको समर्थन नखोजेको बताए ।
चीन र भुटानबीच डोक्लम क्षेत्रमा देखिएको सीमा विवादमा भारतीय सैनिक हस्तक्षेपपछि उत्पन्न तनावले चरम रूप लिएसँगै चीन र भारतबीच सीमायुद्ध हुन सक्ने आशंका व्याप्त भएका बेला चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण भएको छ ।
चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपालको तीनदिने औपचारिक भ्रमणमा सोमबार साँझ काठमाडौं आइपुगेका छन् । चीनबाट झन्डै ६ वर्षपछि उच्चस्तरीय भ्रमण भएको हो । तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिया वाओले सन् २०१२ जनवरी १४ मा नेपालको संक्षिप्त भ्रमण गरेका थिए । त्यसयता चीनबाट मन्त्री स्तरभन्दा माथिल्लो तहको नेपाल भ्रमण भएको थिएन ।अन्नपूर्णबाट
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_3EN9KBHzqG_1hghzbvpejpaozrjz0bmio9yup6fnlo82g3vfsnfalw8xzfpckgpjcdid9o2.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया