अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै सडक अवरुद्ध

काठमाडौं । त्रिशूली जिल्ला अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोटको बेल्कोटगढी नगरपालिका–७, महादेवफाँटमा आफन्तले प्रदर्शन गरेका छन् ।
तार्केश्वर गाउँपालिका –५ (हाल बेलकोटगढी नगरपालिका–७ महादेवफाँट) की गोमा वस्तीको सुत्केरी पश्चात अत्याधिक रक्तश्रावको कारण ज्यान गएको थियो। बुधबार अस्पताल भर्ना भएकी वस्तीले बिहिवार बिहान सामान्य रुपमा छोराको जन्म दिएकी थिइन्।
नवजात शिशुको श्वासप्रश्वासमा समस्या आएपछि कान्ती बाल अस्पताल काठमाडौँ पठाइएको थियो भने आमाको अवस्था सामान्य भएकोले जिल्ला अस्पतालमा राखिएको थियो।
तर, सुत्केरी अत्याधिक रक्तश्रावसँगै अर्धचेत अवस्थामा हुँदा समेत अस्पतालले हेलचेक्राई गरेको भन्दै आफन्तहरु आक्रोशित भएका छन्। सडकमा मुडा राख्नुको साथै टायर बालेर पूर्ण रुपमा सडक अवरुद्धको अस्पताल विरुद्ध नाराबाजी गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा मृतक वस्तीको आफन्त र अस्पताल प्रशासन बिच वार्ता भइरहेको छ। वार्ताबाट मृतकको पक्षमा उठाइएको माग पुरा नभए सम्म सडक अवरुद्ध गरिने बताएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रेमकुमार राई सुत्केरीपश्चात अत्यधिक रक्तश्रावका कारण बिहीबार मृत्यु भएको जानकारी दिए । लापरवाहीको कारण भन्दा पनि जिल्ला अस्पतालमा उपचारको लागि आवश्यक उपकरण नहुँदा सुत्केरीको मृत्यु भएको अस्पताल स्रोत बताउँछ ।
अत्याधिक रक्तश्रावका कारण सुत्केरी अर्धचेत भएपछि उनलाई हेलिकप्टर मार्फत शिक्षण अस्पताल रेफर गरिएको थियो । तर, हेलिकोप्टरबाट शिक्षण अस्पताल नपुर्याउँदै उनको मृत्यु भएको थियो ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_RKYvY3cEy0_ggqbvapt96p0vwdcmen5ldslanoffbxgdbceeyqruc1sfh4lohwpeuegwnfm.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया