बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ जना बेपत्ता

काठमाडौं । शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढी,पहिरो तथा डुबानमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ भने ३५ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परेर २५ घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ । आइतबार बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३५ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं– १ मा १७, प्रदेश नं– २ मा सात, प्रदेश नं– ३ मा १२, प्रदेश नं– ५ र ६ मा दुईदुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ४८ जनाको ज्यान गएको हो ।
उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन् । प्रदेश नं– १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एकएक जनाको ज्यान गएको छ ।
प्रदेश नं– २ अन्तर्गत धनुषा र बारामा दुईदुई तथा पर्सा, रौतहट, सिरहामा एकएक गरी सात जनाको मृत्यु भएको छ । प्रदेश न–३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीनतीन, सिन्धुली र धादिङमा दुईदुई तथा रामेछाप र चितवनमा एकएक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै प्रदेश नं– ५ को पाल्पा र दाङमा एकएक तथा प्रदेश नं– ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ ।
बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एकएक जना, प्रदेश नं– १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एकएक तथा मोरङ र इलाममा तीनतीन जना छन् । प्रदेश नं– २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एकएक जना बेपत्ता छन् । प्रदेश नं– ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता छन् ।
यस्तै प्रदेश नं– ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं– १ मा आठ, प्रदेश नं– ३ मा १२ जना रहेका छन् । सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश नं– १ बाट १२ जना, प्रदेश नं– २ बाट ८२७ जना, प्रदेश नं– ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ । अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
बाढी पहिरोमा परेकाको उद्धार र व्यवस्थापनका लागि २७ हजार नेपाल प्रहरी खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सबैभन्दा धेरै उपत्यकामा आठ हजार ८५६ जना प्रहरी परिचालन गरिएको छ। प्रदेश नम्बर १ मा ६ हजार ३०५ जना, प्रदेश नम्बर २ मा पाँच हजार ७०२, प्रदेश नम्बर ३ मा तीन हजार ४०५ जना र कर्णाली प्रदेशमा तीन हजार ११२ जना प्रहरी खटिएका छन्।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_M1eYTOtp8V_hadxwmvz7hidcroohetijnw1qhzzheqrnkwhladxd7pmmtsqtkm2qgjihuc2.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया