यस्तो थियो मोदीको दोस्रो कार्यकालका लागि शपथ ग्रहण (मन्त्रीहरुको नामावलीसहित)

modi_1

modi_1

  काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार साँझ पद तथा गोपनियताको शपथ लिएका छन्। उनीसँगै कुल ५८ जनालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले हजारौं आमन्त्रित व्यक्तिको सामु पद तथा गोपनियताको शपथ गराएका हुन् ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक बहुमत पाएको भारतीय जनता पार्टी (भाजपा) र उसको नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका नेता मोदीलाई राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा शपथ ग्रहण गराइएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति वेंकैया नायडु सहित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को सदस्य राष्ट्रका राज्य वा सरकार प्रमुख र किर्गिस्तानका राष्ट्रपति सुरन्बे जिनवेकभ र मौरिसस्का प्रधानमन्त्री प्रविन्द जुगनाउथको पनि विशेष उपस्थिति रहेको थियो।

बिमस्टेकको सदस्य राष्ट्रका रूपमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागिता जनाए । उनी बिहीबार नै भारत गएका हुन्। भर्खरै सम्पन्न भारतको तल्लो सदन लोकसभा निर्वाचनमा जित हासिल गरेपछि मोदी लगातार दोस्रो कार्यकालका लागि चुनिएका हुन् ।

स्थानीय समय अनुसार साँझ सात बजेबाट सुरु भएको शपथ ग्रहण समारोहमा क्षेत्रीय नेता र बलिउड कलाकारसहित आठ हजार बढी निम्तालुको उपस्थिति रहेको थियो। मोदीको शपथ ग्रहण समारोहमा भारतको छिमेकी पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई भने निमन्त्रणा गरिएको थिएन ।

राष्ट्रपतिले प्रधानमन्त्री मोदीबाहेक बिहीबार २४ क्याबिनेट मन्त्री, स्वतन्त्र प्रभारसहित नौ राज्यमन्त्री र २४ जना राज्यमन्त्रीलाई पनि राष्ट्रपति कोविन्दले पद तथा गोपनियताको शपथ गराएका छन्। क्याबिनेट मन्त्रीमा छ जनाबाहेक सबै पुरानै अनुहार दोहोरिएका छन् भने राज्यमन्त्रीमा पनि अधिकांश पुरानै अनुहार रहेका छन्। बिहीबार कुल ५८ जनाले शपथ लिएका छन्।

को–को बने मन्त्री ?
प्रधानमन्त्री : नरेन्द्र मोदी
क्याबिनेट मन्त्री
राजनाथ सिंह : दोस्रो वरियताका मन्त्री
अमित शाह
नीतिन गडकरी
डिभी सदानन्द गौडा
निर्मला सीतारमण
रामविलास पासवान
नरेन्द्र सिंह तोमर
रवि शंकर प्रसाद
हरसिमरत कौर बादल
थावर चन्द गहलोत
डाक्टर सुब्रमन्यम जयशंकर
डाक्टर रमेश पोखरियाल ‘निशंक’
अर्जुन मुन्डा
स्मृति जुविन इरानी
डाक्टर हर्सवर्धन
प्रकाश जावडेकर
पीयूष वेदप्रकाश गोयल
धमेन्द्र प्रधान
मुख्तार अब्बास नकवी
प्रह्लाद विनटेश जोशी
डाक्टर महेन्द्र नाथ पाण्डे
अरविन्द गणपत सावन्त
गिरिराज सिंह
गजेन्द्र सिंह शेखावत कुल २४ जना क्याबिनेट मन्त्री

स्वतन्त्र प्रभार राज्यमन्त्री
सन्तोष कुमार गंगवार
राव इन्द्रजित सिंह
श्रीपद यस्सो नाइक
डाक्टर जितेन्द्र सिंह
किरण रिजिजू
प्रह्लाद सिंह पटेल
राजकुमार सिंह
हरदीप सिंह पुरी
मनसुख एल मान्डविया वसावा

राज्यमन्त्री
फग्गन सिंह कुलस्ते
अश्वनी कुमार चौवे
अर्जुनराम मेघवाल
अवकाश प्राप्त जनरल विके सिंह
कृष्ण पाल गुर्जर
दानवे राव साहेब दादाराव
गंगापुरण किसन रेड्डी
पुरुषोत्तम रुपाला
रामदास अठावले
साध्वी निर्रजन ज्योति
बाबुल सुप्रियो
संजीव कुमार बालिवान
धोत्रे संजय सामराव
अनुराग सिंह ठाकुर
सुरेश अंगाडी
नित्यान्द राय
रतनलाल कटारिया
वी मुरलीधरन
रेणुका सिंह सरुता
सोम प्रकाश
रामेश्वर तेली
प्रताप चन्द्र सारंगी
कैलाश चौधरी
देवश्री चौधरी

प्रतिक्रिया

सम्बन्धित