कांग्रेसको सरकारमा बडुलाई गृह र थापालाई शिक्षा मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छाया सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् ।
गृह समितिको संयोजकमा दिलेन्द्रप्रसाद बडू, उर्जामा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का र अर्थमा मिनेन्द्र रिजाल संयोजक तोकिएका छन् ।
त्यसैगरी शहरी विकासमा उमाकान्त चौधरी, खेलकुदमा किशोर सिंह राठौर, उद्योगमा मीन विश्वकर्मा, शिक्षामा गगन थापा, खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी संयोजक तोकिएका छन् ।
त्यस्तै पर्यटनमा देवेन्द्र कँडेल संयोजक तोकिए भने श्रममा डिला संग्रौला र सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिएका छन् ।
त्यसैगरी, भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम संयोजक तोकिएका छन् ।
वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिएको नेपाली कांग्रेसले जनाएको छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_9MzKbfvJ8y_pfcecwmro4qltve3x4u6lcw2dw40zz2wnyoqhsbazgy4bdcy5sasnywmohrk.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया