अवैध नेटवर्किङमा संलग्न १२ जनालाई छुटाउन नेपाल आएका ८ जना भारतीय पनि महाशाखाको फन्दामा

काठमाडौं । केही समय अघि राजधानीको पाँच तारे होटल याक एण्ड यतीबाट अवैध नेटवर्किङको धन्दा गर्ने १२ भारतीयलाई महनगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गर्यो ।
महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुन्धान व्यूरो, महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले सूचनाको आधारमा छापा मार्दा अवैध नेटवर्किङ व्यवसाय संलग्न उनीहरु पक्राउ परेका थिए ।
त्यतिबेला उनीहरुले होटलको रुम लिएर लिएर शुक्रवार ३ सयभन्दा बढी नेपालीलाई प्रशिक्षण दिइरहेका थिए । उनीहरुले प्रशिक्षणको लागि भनेर भारतबाटै २ सयजना भन्दा बढिलाई नेपाल ल्याएका थिए ।
महानगरीय अपराध महाशाखाले फेरि ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गैर कानुनी रुपमा नेटवर्किङ ब्यवसाय सञ्चालन गरी ठूलो रकम ठगी गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महाशाखाको टोलीले हिजो ८ जनालाई पक्राउ गरेको हो ।
केही दिन अघि पक्राउ परेका १२ जनालाई छुटाउन नेपाल आएका उनीहरु पनि प्रहरीको फन्दामा परेका हुन् । अवैध नेटवर्किङ धन्दा सञ्चालन गरी नेपालीहरुहरुबाट लाखौं उठाएका १२ जनालाई छुटाउनका आएका ८ जना पक्राउ परेसँगै अवैध नेटवर्किङको जालो नेपालमा फैसिसकेको प्रहरीको बुझाई छ ।
महाशाखाको टोलीले काठमाडौंको बबरमहलबाट ६ जना र ठमेलस्थित होटल बैशालीबाट थप २ जना गरी जम्मा ८ जनालाई पकाउ गरेको हो । प्रहरीले बबरमहलबाट पक्राउ परेका ६ जनाबाट नेपाली रुपैयाँ ८ लाख ५० हजार र ठमेलबाट पक्राउ परेका दुई जनाबाट नेपाली रुपैयाँ ३३ लाख ५० हजार रकम बरामद गरेको पनि महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।
उनीहरुले SHINE GROUP ( Real Estate/Appliances/E-Commerce/Tourism) को नामबाट संगठित रुपमा गैरकानुनी नेटवर्किङ ब्यवसायको प्रचार प्रसार गरी, रकम समेत उठाई, नेपालीहरुलाई भेला जम्मा गरी हाम्रो कम्पनिमा २५००, ५००० र १०,००० डलर जम्मा गरेमा सो बराबरको रकम कम्पनीबाट थप गरी प्रत्येक महिना सो को ६ प्रतिशत रकम थप गरी दिन्छु भनि ठगी गर्दै आएका थिए ।
प्रहरीका अनुसार उनीहरुले विभिन्न आर्थिक प्रलोभनमा पारी कम्पनीको सदस्य समेत बनाई दिन्छु भनि गैरकानुनी नेटवर्किङको झुट्ठा प्रचार प्रसार पनि गरिरहेका थिए ।
पक्राउ पर्नेहरुमा भारत उतरप्रदेशका महोमद जिया, नितिन श्रीबास्तव, महोमद सेयाफ, तेज नारायण शुक्ला, कानपुरका रबि तिवारी, भारत प्रयागराजका अटल त्रिपाठी, राजेश कुमार शुक्ला र भारत कुशिनगरका नुरुलएन वारसी रहेका छन् ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_jyhlb9taRh_eop3ducwicnonulmcb8zyxcr1f2ojygrntm0mwavdtw1b4k09bzgktfpd8h6.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया