दोक्लम विवाद अन्त्य गर्न भारत र चीन सहमत

काठमाडौं :
विगत लामो समयदेखि नेपालको छिमीकी राष्ट्रहरु चीन र भारतबीच बढिरहेको विवादको अन्त्य हुने संकेत देखिएको छ । भुटानको सिमा क्षेत्र दोक्लम विवाद अन्त्य गर्न चीन र भारत सहमत भएका हुन् । पछिल्ला दुई महिनादेखि भुटान र चीनको सीमामा भारत र चीनका सैनिकहरु आपनेसामने भएर बसिरहेका थिए । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा दुई देश दोक्लम क्षेत्रमा सैनिकहरुलाई आपनेसामने नगर्न सहमत भएको बताइएको छ ।
अर्को महिना चीनमा हुने ब्रिक्स सम्मेलनको पूर्वसन्ध्यामा दुई देशबीच यस्तो सहमति भएको हो । चीनमा हुने सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने सम्भावना छ । दोक्लममा चीन र भारतबीच देखापरेको यो द्वन्द्व दुई देशबीच यसअघि भएको युद्धपछिको सबैभन्दा ठूलो घम्साघम्सी हो ।
‘कुटनीतिक वार्ताद्वारा दुवै पक्ष विवाद समाधानको लागि सहमत भएका छन्’ भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘दोक्लमको बिषयमा पछिल्ला केही हप्ता भारत र चीनबीच कुटनीतिक वार्ता बढेको छ ।’
विज्ञप्तीमा विवाद समाधान कसरी भन्ने बिषयमा केही खुलाइएको छैन् । एसियाका यी दुई ठूला शक्तिले सन् १९६२ मा आपसमा युद्ध गरेका थिए ।
चीनले भने भारतीय सेना दोक्लमबाट हेटेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुङयिङले भारतीय सेना हटे पनि चिनियाँ सेनाले उक्त क्षेत्रमा गस्ती कायम राख्ने जनाएकी छन् । ‘चीनले आफ्नो भूमी रक्षा गर्न पाउने अधिकारको अभ्यास गरिरहन्छ’, उनले भनिन् । ‘भारतले ऐतिहासिक सीमाको सम्मान गर्दै आपसी सद्भावको आधारमा सीमा क्षेत्रमा शान्ति कायम गर्नको लागि चीनसँग सहकार्य गर्छ भन्ने हाम्रो विश्वास छ’, चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भनिन् । भारत र चीनबीच ३५ सय किलोमिटर क्षेत्रमा सीमा विवाद छ । विवादित भूमिका ठूलो हिस्सा उनीहरुले आआफ्नो दाबी गरिरहेका छन् । चीनले दोक्लम क्षेत्रमा निर्माण गरिरहेको सडक निर्माणको काम रोक्न भारतीय सेना दोक्लम पुगेपछि दुई देशबीच विवाद बढेको थियो । मानवीय बस्ती नभएको दोक्लम चीन र भुटानबीचको सीमा क्षेत्र हो जसलाई चीन र भुटान दुवैले आ–आफ्नो दाबी गरिरहेका छन् । –एजेन्सी
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_VzcCi5hJvJ_bwgfanmlkfbevrdlfeodyd7yvt32uxk7bhpnyq8fktxxfdws0gke12ii8vlh.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया