२०० धर्मगुरुसहित ६ सय देश निकाला

काठमाडौं । श्रीलंकामा भएको श्रृंखलाबद्ध विष्फोटपछि सरकारले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ । गृहमन्त्री बी. अबयवर्दनाले विष्फोटपछि छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले देश निकाला गरिएको बताएका छन् ।
तर, देश निकाला गरिएकाहरु कुन–कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन । यद्यपि प्रहरी सूत्रका अनुसार बंगलादेश, भारत, मालदिभ्स र पाकिस्तानका नागरिकहरुलाई देश निकाला गरिएको छ ।
श्रीलंकाका केही धार्मिक संस्थाहरुले दशकौंदेखि विदेशी उपदेशकहरुलाई राखेका थिए । गृहमन्त्री अबयवर्दनाले उनीहरुप्रति कुनै गुनासो नरहे पनि एकाएक आएका केही धार्मिक गुरुहरुलाई भने निगरानीमा राखिनुपर्ने बताएका छन् ।
केही विदेशी धर्मगुरुहरुले कुनै स्थानीय व्यक्ति वा समूहलाई भड्काएर फेरि आत्मघाती आक्रमण गराउन सक्ने श्रीलंका सरकारको आशंका छ ।
यसअघि वैशाख पहिलो साता श्रीलंकाका चर्च र होटलहरुमा श्रृंखलावद्ध बम विष्फोट हुँदा २ सय बढीको मृत्यु भएको थियो भने ५ सयभन्दा बढी घाइते छन् । विष्फोटको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ ।
हालै नयाँ भिडियो सार्वजनिक गर्दै इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बगदादीले इराकमा हारेको बदला लिन श्रीलंकामा श्रृंखलावद्ध बम विस्फोट गराइएको बताइसकेका छन्
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_PMzl7qTBIe_vjprzssglr2o3frfiw6wmqr7kf5ddjayz73ew7pn48ephtistd4qxyhkwl7y.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया