श्रीलंका विस्फोट : मृतकको संख्या ३१० पुग्यो, राष्ट्रिय शोक र मृतकको सामूहिक अन्त्येष्टि

shrilanka_1

shrilanka_1

   आक्रमणकारी अझै अज्ञात
काठमाडौं । श्रीलंकामा गत आइतबार चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृत्यु हुनेहरुको संख्या ३१० पुगेको छ भने ५ सय जना घाइते छन् । सोही कारण सोमबार रातीबाट संकटकाल घोषणा गरियो भने आज राष्ट्रिय शोक मनाइँदैछ ।

कोलम्बोको उत्तरी क्षेत्रमा पर्ने नेगोमबोको सेन्ट सेबेस्टिएन चर्चमा मृतकहरुको सामूहिक अन्तिम संस्कार गरिएको छ, जुन आइतबार भएका आक्रमणस्थल मध्येको एक हो । अन्त्येष्टिका क्रममा तीन मिनेटसम्म मौनधारण गरिएको थियो । श्रीलंकामा समाजिक सञ्जालमा प्रतिवन्ध लगाइएको छ ।

श्रीलंकाली सरकारले यो घटनामा स्थानीय जेहादी गुट नेशनल तौहिद जमातको संलग्नता रहेको बताए पनि कुनै समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् ।

प्रहरीका अनुसार शंकास्पद ४० जना लाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरु सबै श्रीलंकाका नागरिक हुन् । तर, उनीहरुको परिचय खुलाइएको छैन । उनीहरुसँग सोधपुछ जारी छ ।

प्रतिक्रिया

सम्बन्धित