हाइड्रोजन बमको सफल परीक्षण गरेपछि आक्रमक बन्दै उत्तर कोरिया

काठमाडौं :
मिसाइल र परमाणु बमको सफल परिक्षण गर्दै आएको उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको घोषणा गरेको छ । उक्त बमलाई मिसाइलमा लोड गर्न सकिने पनि उत्तर कोरियाले जनाएको छ । दक्षिण कोरियाली सरकारी समाचार सेवा योनहृयापका अनुसार उत्तर कोरियाले आइतबार परीक्षण गरेको बम जापानको नागासाकी शहरमा सन् १९४५ मा खसालिएको बमभन्दा ४/५ गुणा शक्तिशाली छ । दक्षिण कोरियाको रक्षा मामिलाको संसदीय समितिका प्रमुख किम युंग वूले सैन्य सूत्रलाई उदृत गर्दै भनेका छन् कि आइतबार गरिएको परीक्षणा गत वर्ष गरिएको पाँचौ परीक्षणभन्दा निकै शक्तिशाली छ । सेप्टेम्बर २०१६ मा गरिएको परीक्षणबाट १० किलोटन उर्जा उत्पन्न भएको थियो ।
किम यंग ले भनेका छन्–‘उत्तर कोरियाको परीक्षणले लगभग नौ किलोटन ऊर्जा उत्पन्न भएको छ । यद्यपि यो प्रारम्भीक रिपोर्ट मात्र हो ।’उत्तर कोरियाले यसअघि २००६, २००९, २०१३ र २०१६ मा परमाणु बमको परीक्षण गरेको थियो । एजेन्सीको सहयोगमा
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_VzcCi5hJvJ_bwgfanmlkfbevrdlfeodyd7yvt32uxk7bhpnyq8fktxxfdws0gke12ii8vlh.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया