कलकत्ताको लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार राती भएको खेलमा कलकत्ता नाइट राइडर्सले लगातार दोस्रो जित हात पारेको छ । इडेन गार्डन्समा भएको खेलमा घरेलु टोली कलकत्ताले किंग्स इलाभेन पञ्जाबलाई २८ रनले पराजित गरेको हो ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बुधबारको खेलमा किंग्स इलाभेन पन्जाब कलकत्ता नाइटराइडर्ससँग २८ रनले पराजित भयो । पन्जाबले जितका लागि २१९ रनको लक्ष्य पाएको थियो तर उसले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै केबल १९० रन बनाउन सक्यो ।
पन्जाबलाई शुरुमा तब ठूलो झड्का लाग्यो, जब केएल राहुल जम्मा एक रन बनाएर आउट भए । त्यसपछि गत संस्करणमा ७९ रन बनाएका र यसपटक धमाकेदार शुरुवात गरेका क्रिस गेल २० रनमा आन्द्रे रसेलको शिकार भए । क्रिस गेलपछि रसेलले सरफराज खानलाई पनि सस्तैमा आउट गरे । सरफराज खानले केबल १३ रन बनाए ।
पन्जाबका लागि मायांक अग्रवालले ५८ रन बनाए । त्यस्तै, डेभिड मिल्लरले अविजित ४३ रन बनाउँदा मन्दीप सिंहभने ३३ रनमा अविजित रहे । विष्फोटक ब्याट्सम्यान क्रिस गेलले भने २० रन बनाए ।बलिङतर्फ कलकत्ताका आन्द्रे रुसेलले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कलकत्ताले निर्धारत २० ओभरमा चार विकेटको क्षतिमा २१८ रनको विशाल योगफल तयार पारेको थियो ।
कलकत्ताका लागि रविन उथप्पाले विष्फोटक ब्याटिङ गर्दै अविजित ६७ रन बनाए । उनले ५० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, नितिश रानाले ६३ रन बनाए । ३४ बलको सामना गरेका नितिशले सात छक्का र दुई चौका प्रहार गरे । त्यस्तै, कलकत्ताका लागि आन्द्रे रुसेलले उत्कृष्ट प्रदर्शन गर्दै १७ बलमै ४८ रन बनाए । उनले ५ छक्का र तीन चौका प्रहार गरे ।
बिहीबारको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर आफ्नै घरमा मुम्बइ इन्डियन्ससँग खेल्ने छ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_uxgpEq2UM1_nhtfvkoj2tlcwsyawhbhjy1kughenrkygioirlrndl9jmopcb4wmmyzrbq47.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_df5WKZLeIn_0pilycymtnsbqfiuys8judi4mbwspwhfuqgcyyjpbvymszzaadnjkcrlrxav.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_0nzdWysK7r_on11ilfnijcnr7bkp6xl5mjisr3rbq8y9bzpn5rop0zotzf8szgoueghpbpd.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_8R2Ai5xA1B_lbz9wklhhecdwr3pillpc72qa5eekql03cnaulqpbiferutkankxyooo3xwy.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया