तीन छोरीले दिए अधिकारीलाई दागबत्ति

काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीले दागबत्ति दिएका छन् ।
नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टिअघि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । अन्त्येष्टिअघि आर्यघाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाए ।
८२ वर्षीय अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका अधिकारी वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । दिवंगत नेता अधिकारीका श्रीमती र तीन छोरी छन् ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_J5sUdnwjaX_7v4fhkioshsa7kgn5kqgpd5oeezb5p2n8qoixwmrexdduyrfo2clk7assy6d.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया