दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जली पोखरामा हुँदै

काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटननमन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जली पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने छ ।
दिवंगत नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उनको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई खटाएको छ । उनी अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन पोखरामा जानेछन् ।
त्यस्तै, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पोखरामा जानेछन् । दिवंगत मन्त्री अधिकारीको आजै पोखराको रामघाटमा अन्त्यष्टि गरिने छ ।

First project initiated by Jagsul Foundation (Journey to faith)

477 whales die in ‘heartbreaking’ New Zealand strandings

Government is committed to creating investment-friendly environment: PM …

प्रतिनिधिसभा संसद भंग, कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा (विज्ञप्तिसहित)

Organic methods to control Root Knot Disease of Vegetables in Nepal

Lions club of Kathmandu new waves year 2020/21 presented yearly program …

Lions club of Kathmandu new waves under 325 A2 organized tree Plantation…

प्रतिक्रिया