घुम्नलायक उत्कृष्ट पाँच शहरमा काठमाडौं पनि

काठमाडौं । संसारकै घुम्नलायक उत्कृष्ट पाँच शहरमध्येमा नेपालको काठमाडौं पनि परेको छ । उत्कृष्ट शहरको सूचीमा काठमाडौं पाँचौं स्थानमा परेको हो। टुर एण्ड ट्राभल्ससम्बन्धी वेबसाइट लोन्ली प्लानेटले सार्वजनिक गरेको सूचीमा काठमाडौं विश्वकै घुम्नलायक उत्कृष्ट पाँचौं सहरमा परेको हो।
लोन्ली प्लानेटले संसारकै उत्कृष्ट घुम्नलायक सहरको पाँचौ सूचीमा राख्दै सन् २०१५ सालमा आएको भूकम्पले क्षतिग्रस्त सम्पदा फेरि उठ्न थालेको उल्लेख गरेको छ। लोन्ली प्लानेटको वेबसाइटमा भनिएको छ–‘सन् २०१५ को भूकम्पपछि काठमाडौंबाट प्रेसित समाचार रिपोर्टहरूले एक सहर टुटेको र शोकमा देखाएको थियो। तर, आज यो कथा पुनर्निर्माण र पुनरुत्थानबारे हो। भूकम्पले भत्किएका सम्पदा फेरि पुरानै लयमा फर्किने लयमा देखिएका छन् । भूकम्पले भत्किएका ऐतिहासिक सम्पदा र स्थल आफ्नो पूर्व अवस्थामा फर्केका छन्।’
लोन्ली प्लानेटले २०७३ सालदेखि नियन्त्रणमा लिएको काठमाडौंमा हर्न निषेध, लोडसेडिङ मुक्त र वाइफाईलगायतका सुविधाले काठमाडौं अझै व्यवस्थित भएको पनि उल्लेख गरेको छ।
लोन्लीले सार्वजनिक गरेको घुम्नलायक उत्कृष्ट शहरको पहिलो नम्बरमा डेनमार्कको कोपनहेभन, दोस्रोमा चीनको सेन्जेन शहर, तेस्रोमा सर्वियाको नोभीस्याड शहर परेको छ र चौथोमा संयुक्त राज्य अमेरिकाको मियामी शहर परेको उल्लेख गरेको छ ।
त्यसैगरी छैटौं स्थानमा मेक्सिकोको मेक्सिको सिटी परेको छ भने सातौं स्थानमा सेनेगलको डाकर, आठौं स्थानमा संयुक्त राज्य अमेरिकाको सिएट शहर, नवौंमा क्रोसियाको जदार शहर र उत्कृष्ट १० मा मोरोक्को मेक्नेस शहर परेको उल्लेख गरेको छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_58jzf9zyGp_tdl2ty36025ozahgxtja53qqb1agmlmd5m2mylq4wzl9yhqnvxcazex7vmfx.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया