उत्तर कोरियाद्धारा अमेरिकालाई चेतावनी

काठमाडौं :
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आफू बिरुद्ध नाकाबन्दी कस्ने निर्णय गरेमा अमेरिकाले इतिहासमै नभोगेको पीडा भोग्नुपर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले अमेरिकालाई महंगो मूल्य चुकाउन तयार रहन चुनौति दिएको छ ।
उत्तर कोरियाको विदेश मन्त्रालयले सोमबार प्योङयाङमा जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘यदि अमेरिकाले प्रस्ताव गरेको अवैधानिक र अन्यायपूर्ण रिजोलुसन पास गरेमा अमेरिकालाई जस्ताको तस्तै जवाफ दिइनेछ ।’ विज्ञप्तिमा उत्तर कोरियाली सरकार त्यो अवस्थामा जुनसुकै कदम उठाउन तयार रहेको भन्दै युद्धको सन्देश दिएको छ । उत्तर कोरियाले भनेको छ–‘ प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले निकट भविष्यमा उठाउने कदमले अमेरिकालाई असाधारण पीडा र दुःख दिनेछ, जुन अहिलेसम्मको इतिहासकै ठूलो हुनेछ ।’
राष्ट्रसंघ सुरक्षा परिषदमा उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध लगाउने अमेरिकी प्रस्तावमाथि सोमबार मतदान हुने भनिएको छ । अमेरिकाको उक्त प्रस्तावमा चीन र रुसले सहमति जनाएका छैनन् । उनीहरु उत्तर कोरियाको आणविक परीक्षणको विपक्षमा भए पनि नाकाबन्दी कडा बनाएर उत्तरलाई थप किनारामा धकेल्ने पक्षमा छैनन् । उत्तर कोरियाले हालैमात्र एक सय किलोटनको हाइड्रोजन बम परीक्षण गरेको थियो । जसले ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पको धक्का दिएको थियो । एजेन्सी
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_VzcCi5hJvJ_bwgfanmlkfbevrdlfeodyd7yvt32uxk7bhpnyq8fktxxfdws0gke12ii8vlh.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया