मापसे र झैझगडाका कारण ११६ नेपाली युएईको कारागारमा

काठमाडौं । मादक पदार्थको सेवन मापसेका कारण सिर्जित समस्याबाट नेपाली संयुक्त अरब इमिरेट्स युएईमा जेलजीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महिनामा युएईको सातवटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो । मादक पदार्थको सेवन गरेर सवारी चलाउनु र झैझगडाका कारण ११६ नेपाली कारागारमा रहेको दूतावासले जनाएको छ । त्यस्तै लुटपाट, चोरी र धोखाधडीको आरोपमा २० नेपाली कारागारमा रहेका छन्। साउदी नागरिक तथा अन्य देशका आप्रवासी श्रमिकको हत्या अभियोगमा १२, कार्यस्थलमा अवरोध तथा विरोध गर्ने अभियोगमा १० र परस्त्रीगमनमा संलग्न भएको अभियोगमा आठ नेपाली काराबासमा सजाय भुक्तान गरिरहेका छन्। फर्जी चेक,काजगपत्र,हस्ताक्षरलगायत अन्य कागजपत्र किर्ते काममा संलग्न सात,लागुऔषधको प्रयोग र तस्करीमा संलग्न पाँच र अन्य कानूनले बर्जित गरेका गतिविधिमा संलग्न भएको अभियोगमा २२ नेपाली कैदमा रहेका दूतावासले जनाएको छ। बाइस नेपाली गलत व्यवहार,अवैध बसोवास,भौतिक सम्पत्ति तोडफोडलगायतमा संलग्न भएका थिए। दूतावासका अनुसार १८८ पुरुष र १२ महिला कारागारमा रहेका छन्। सारजाह सेन्ट्रल कारागारमा सात पुरुष र तीन महिला,दुवई सेन्ट्रल कारागारमा ६४ पुरुष र चार महिला,अलअथ्वा सेन्ट्रल कारागारमा ९४ पुरुष र चार महिला तथा अजमान सेन्ट्रल कारागारामा चार पुरुष कैद सजाय भुक्तानका क्रममा रहेको दूतावासले जनाएको छ। रसअल खैइमा सेन्ट्रल कारागारमा चार पुरुष, फुजेरा सेन्ट्रल जेलमा पुरुष र महिला गरी एक÷एक तथा अल अइन कारागारमा १४ पुरुष कैद भुक्तानका क्रममा रहेका छन् ।
रासस
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_vGgrVZUpL2_j7bfpsqmsnfwvluakyds90z8csf8qqdzzozljppgtmbi5xpbymrgixgl75hk.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया