रेल स्टेसनमा भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

मुम्बई । भारतको आर्थिक राजनीतिका रूपमा परिचित मुम्बई शहरमा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । शुक्रबार बिहान अकस्मात भागदौड हुँदा २२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । घाइते भएका दर्जनौँ व्यक्तिको उपचार जारी छ ।मुम्बई शहर नजिकैको स्थानीय रेल स्टेसनमा रेल कुरेर बसेका व्यक्तिहरूमा एक्कासि भागदौड शुरु भएको थियो ।
मुम्बईको मूल बजार नजिकैको लोवर प्यारेल र एल्फिन स्टोन स्टेसनमा सो भागदौड मच्चिएको हो ।बिहान अकस्मात भारी वर्षा भएपछि सो रेल स्टेसनमा रहेका व्यक्ति ओत लाग्न आकासे पुलको सहारा लिन पुगेका र त्यसै समयमा पुल भाँचिन लागेको हल्ला चलेपछि उनीहरू भागाभाग गरेका थिए ।भारतीय रेल सेवाका अधिकारी अनिल सक्सेनाले सो घटनाबारे अनुसन्धान गरिने जानकारी दिएका छन् । अनुसन्धानका लागि केन्द्र सरकारले निर्देशन दिइसकेको छ । भारतीय राष्ट्रपति रामनाथ कोभिन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । रासस
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_58jzf9zyGp_tdl2ty36025ozahgxtja53qqb1agmlmd5m2mylq4wzl9yhqnvxcazex7vmfx.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया