देउवा समयमै नआउँदा कांग्रेसको बैठकमा नाराबाजी

काठमाडौं । राजधानीमा जारी नेपाली कांग्रेसको महासमिति बैठक नाराबाजी भएपछि केही समयका लागि बैठक नै स्थगित गरिएको छ। रामशाहपथस्थित यगम्बर पार्टी प्यालेस परिसरमा सोमबार बिहान बसेको बैठक दिउँसो खाना खाएपछि बस्ने गरी स्थगित गरिएको हो।
बैठकमा सभापति शेरबहादुर देउवालगायत पदाधिकारीहरू समयमै उपस्थित नभएको भन्दै महासमिति सदस्यले नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए। उपसभापति विजयकुमार गच्छदारको सभापतित्वमा बैठक चलाउने हल्ला चलेपछि महासमिति सदस्यले होहल्ला गरेका थिए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई घन्टा बैठक स्थगित गरिएको बताए। महासमिति बैठकमा चार वटा दस्तावेज प्रस्तुत गरे पनि पार्टीको संघीय विधानको मस्यौदा भने प्रस्तुत गरिएको छैन।
पदाधिकारी संख्या ८ पुर्याउन सभापति देउवा सहमत भए पनि मनोनित गर्ने कि निर्वाचित भन्नेमा सहमति जुटेको छैन। प्रवक्ता शर्माका अनुसार विधानबारे छलफल गर्न अहिले केन्द्रीय कार्यसमिति बैठक डाकिएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विधान पारित गर्नेबारे छलफल राखिएको हो।
हिजो पनि कांग्रेसको विधान र संविधानमै सनातन हिन्दु राष्ट्र लेख्न दबाब दिन भन्दै हस्ताक्षर संकलन गरिएको भन्दै बैठकमा नै त्यसको विरोध भएको पनि बताइएको छ । काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेका प्रशान्तमान सिंह नेतृत्वको एक समूहले हस्ताक्षर संकलन गरेको थियो ।

First project initiated by Jagsul Foundation (Journey to faith)

477 whales die in ‘heartbreaking’ New Zealand strandings

Government is committed to creating investment-friendly environment: PM …

प्रतिनिधिसभा संसद भंग, कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा (विज्ञप्तिसहित)

Organic methods to control Root Knot Disease of Vegetables in Nepal

Lions club of Kathmandu new waves year 2020/21 presented yearly program …

Lions club of Kathmandu new waves under 325 A2 organized tree Plantation…

प्रतिक्रिया