टेक्सस कलेजद्धारा नव आन्तुक विद्यार्थीलाई स्वागत

काठमाडौं । राजधानीको चावहिलमा रहेको टेक्सस कलेजले नव आगन्तुक विद्यार्थीहरुलाई एक कार्यक्रम आयोजना गरी स्वागत गरेको छ । बि.बि.ए, एम्.बि.ए. बि.आई.टी, र बि.सि.एस (साइबर सेक्युरीटी एण्ड नेटवर्क टेक्नोलोजी)विषयमा अध्ययनका लागि कलेजमा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न बक्ताहरुले करिअर निर्माण र कलेजको संस्कार सस्कृतिको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले सम्वन्धित विषय अध्ययनपश्चात हासिल गर्न सक्ने संभाब्यताका विषयमा कलेज ब्यवस्थापनले जानकारी गराएको थियो । नव आगन्तुक विद्यार्थीहरुलाई सम्वोधन गर्दै लिंकन युनिभर्सिटीका क्षेत्रिय अनुषन्धान निर्देशक प्राध्यापक डाक्टर सतिस कुमार ओझाले टेक्सस कलेजले विगतमा पनि राम्रो नतिजा हासिल गरेको बताउँदै नव आगन्तुक विद्यार्थीहरुले पनि थप प्रभाकारी अध्ययन गर्न पाउने बताए । टेक्सस कलेजका विभिन्न कार्यक्रमहरुले मलेसियामा रहेको लिङकन युनिभर्सिटबाट सम्वन्धन लिएको स्मरण गर्दै प्राध्यापक डाक्टर ओझाले आगामी दिनमा पनि युनिभर्सिटीको तर्फबाट आवश्यक सहयोग र प्रभावकारी अनुगमन हुने बताए ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक भेषराज पोखरेलले पछिल्लो समय नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि बिदेशका विश्वविद्यालयमा जाने क्रम बढ्नु नेपालका लागि दुःखद् विषय भएको बताउँदै नेपालमा सञ्चालित शैक्षिक संस्थाहरुले विदेशमा जाने विद्यार्थीहरुलाई नेपालमै रोक्ने वातावरण निर्माण गर्नु प्रमुख चुनौति रहेको दावी गरे । टेक्सस कलेजले स्थापना कालबाट नै गुणस्तरिय शिक्षा प्रदान गरिरहेको वताउँदै पोखरेलले गुणस्तरको प्रश्न उठाएर विद्यार्थीहरु अन्तर्राष्ट्रिय विश्वविद्यालयमा जाने अवस्था नआओस् भन्नका लागि टेक्सस सँधै सचेत रहेको पनि बताए ।
अभिमुखिकरण तथा स्वागत कार्यक्रममा म्यागेसेसे पुरस्कार विजेता तथा सामाजिक अभियन्ता डा.महावीर पुनको समेत उपस्थिति रहेको थियो । राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नेपालमा विज्ञान तथा प्रविधिको विकासमा जुटेका डा. पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई टेक्ससको तर्फबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तीस हजार सहयोग प्रदानगरिएको थियो । सन् २००९ मा स्थापित टेक्सस कलेज ब्यवस्थापनतथा सुचनाप्रविधि शिक्षणमाप्रभावकारी रहँदै आएको छ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_OUxqK7oReE_onkupbyd5abzmsusx78j3exltlswb0acngafwcsjrhdkvwxjone8nmjncoit.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_xex1w40uKu_xzmgesoylvrxkg6w7mq701hf3marz07k6nf0mtxkp1tgd7rcvafsihkam3jh.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_0nzdWysK7r_on11ilfnijcnr7bkp6xl5mjisr3rbq8y9bzpn5rop0zotzf8szgoueghpbpd.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_8R2Ai5xA1B_lbz9wklhhecdwr3pillpc72qa5eekql03cnaulqpbiferutkankxyooo3xwy.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया