गड्डाचौकी नाकाबाट सय महिलाको उद्धार

कञ्चनपुर, पश्चिमी नाका गड्डाचौकीबाट सय महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।
माइती नेपालका अनुसार एक वर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरिएको छ । संयोजक महेश्वरी भट्टले सन् २०१८ को अवधिमा माइती नेपालले जिल्लाको पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालकबालिका र महिलाको उद्धार गरी घरपरिवारको जिम्मा लगाएको बताउनुभयो । उहाँका अनुसार गड्डाचौकी र दोधाराचाँदनी झोलुङ्गेपुलमा माइती नेपालको सूचना केन्द्रमार्फत उनीहरुको उद्धार गरिएको होे ।
विभिन्न बहानामा दलालले बेच्नका लागि उक्त नाका भएर भारत लाने क्रममा सोधपुछ गरी जोखिममा रहेकाको विश्लेषणपश्चात् घरपरिवारको जिम्मा लगाइएको संयोजक भट्टले बताउनुभयो । माइती नेपालको तथ्याङ्कअनुसार ४९ जिल्लाका महिला र बालबालिकाको उक्त नाकाबाट रोकथाम गरिएको छ । उद्धार गरिएका जम्मा २०० मध्ये ११२ जना सुदूरपश्चिम प्रदेशकै रहेका छन् । सबैभन्दा बढी कञ्चनपुर र कैलाली तथा सबैभन्दा कम डोटीका छन् । कञ्चनपुरका ३७, कैलालीका ३२, अछामका १९, बैतडी र बाजुराका ६-६, डोटी एक, बझाङ दुई, डडेल्धुरा चार र दार्चुलाका पाँच जनालाई उद्धार गरिएको छ ।
एक वर्षको अवधिमा सीमा क्षेत्रबाट सबैभन्दा बढी भारत जान लागेका १६७, इरान १५, किर्गिस्थान ११, अस्टे«लिया चार, पोल्याण्ड, दुबई र कुबेत एक-एक जनाको सीमा क्षेत्रमा बेचिनबाट जोगिएका छन् । माइती नेपालले एक वर्षको अवधिमा भारतका विभिन्न स्थानबाट बेचबिखनको जोखिममा रहेका १० जनाको समेत उद्धार गरी घरपरिवारलाई बुझाएको छ । भारतका मुख्य शहर पञ्चाब, दिल्ली र मद्रासबाट दुई–दुई तथा हैदरवाद, खटिमा, बैङलोर र पुनाबाट एक–एक जनाको उद्धार गरिएको थियो ।
सो अवधिमा माइती नेपाल कञ्चनपुरमा १५८ हराएकामध्ये २९ जना फेला परेका थिए । यसैगरी २३ घरेलु हिंसाका उजुरीमध्ये १७ मिलापत्र, तीन जबर्जस्तीकरणी र दुई मानव बेचबिखनविरुद्ध माइती नेपालमार्फत मुद्दा दायर गरिएका छन् । उक्त अवधिमा ३७ हजारलाई सीमा क्षेत्रमा परामर्श सेवासमेत दिएको छ । (रासस)
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_O3BNzfCtWu_ao8emcfmpyoqv2cej4wwx5z2uo91opsq7phrr52ujg7difkmo6zofed60yna.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_xex1w40uKu_xzmgesoylvrxkg6w7mq701hf3marz07k6nf0mtxkp1tgd7rcvafsihkam3jh.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_5c8AdhZjHa_ocqjiyb2risnwk1xwbaiwlhvvh5nfrsgqnooyqcy6t1dcmn4nfeuy7mn5bb1.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_bZzhGTuk1W_ycga72ea5omrkljhlzr2vdw2qp6hbobacvdqloxhgukwp30aqfoozbz2y7if.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया