एनआरएनए जापानले नेपालमा रहेका अशक्त अपांगहरुलाई ह्विलचियर प्रदान गर्ने

जापान ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले नेपालमा रहेका अशक्त अपांग व्यक्तिहरुलाई निःशुल्क रुपमा ह्विलचियर उपलब्ध गराउने भएको छ ।
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको तर्फबाट अध्यक्ष टासी वाङदी लामा र गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद तथा एसिया प्यासिफिक मानव कल्याणकारी परिषदका संयोजक कपिल देव थापा बिच ह्विलचियर प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो
सम्झौतानुसार आवश्यक मागबमोजिम ह्विलचियर उपलब्ध गराइने र उपलब्ध ह्विलचियर एनआरएनए जापानले नेपालमा सेवाग्राहीसम्म पुर्याउने कार्य गरिने एनआरएनए आईसीसी मानवीय कल्याणकारी सहयोग समितिका संयोजक कपिलदेव थापाले जानकारी दिएका छन् । कार्यक्रममा एनआरएनए जापानका वरिष्ठ व्यक्तिहरू, आईसीसी सदस्य तथा समाजसेबी कपिल देव थापा, एनआरएनए जापानका अध्क्षय टासी लामा यसैगरी एनआरएनए जापानका बुधीराज घिमिरे, परशुराम बस्नेत, शिव पौडेल, अनिता गुरुङ, श्रीजना पाण्डे कालिका थापा संगीता अधिकारी दीपक कंडेललगायतको सहभागिता रहेको थियो ।
यस्तो छ दुई पक्षबीच भएको करार सम्झौता
१ हाल लाई (क) पक्ष लाई (ख) पक्षले १० थान ह्विलचियर उपलब्ध गराउने।
२ (क) पक्षले आवश्यकता अनुसार ह्विलचियर माग गरेको अवस्थामा (ख) पक्षले माग अनुसार उपलब्ध गराउने छ।
३ यदि ह्विलचियर सिधै विमानस्थलसम्म लैजानु परेमा लाग्ने खर्च (ख) पक्षको हुने छ।
४ ह्विलचियर प्रयोग गर्ने ब्यक्तिको हातमा ह्विलचियर पुगेपछि पाएको जानकारी पत्र सहित (क) पक्षले (ख) पक्षलाई उपलब्ध गराई दिनु पर्ने छ।
५ ह्विलचियर प्रयोग गर्ने ब्यक्तिको हातमा हिववल चियर पुगेपछि फोटो सहित (क) पक्षले (ख) पक्षलाई उपलब्ध गराउन पर्ने छ।
६ ह्विलचियर (क) पक्षले लिंदा कुनै शुल्क (ख)पक्षलाई बुझउन पर्ने छैन।
७ यो करार हालको लागि मिति २०१९ डिसेम्बर १५ सम्मको मितिसम्म लागू हुने छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_J5sUdnwjaX_7v4fhkioshsa7kgn5kqgpd5oeezb5p2n8qoixwmrexdduyrfo2clk7assy6d.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया