कांग्रेस जिल्ला सभापतिहरुद्धारा संविधान संशोधन गर्न माग

नुवाकोट । ‘३८ बुँदे ककनी घोषणपत्र’ जारी गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला सम्पन्न भएको छ । नुवाकोटको ककनीमा सम्पन्न दुई दिने जिल्ला सभापतिहरुको भेलाले आफ्नै पार्टीका नेताहरुलाई लोकतान्त्रिक गणतन्त्र र संघीयताप्रति सजग रहन अपिल गरेको छ । ‘कांग्रेसको सबै तह र संगठनलाई लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र, संघीयता, विधिको शासन, मानवअधिकार, लगायतका विश्वव्यापी लोकतन्त्रिक मूल्य मान्यताको संरक्षणमा सजग र सचेत रहन अपिल गर्दै सशक्त भूमिका निर्वाह गर्दै जान यो बैठक हार्दिक अपिल गर्दछ’ घोषणापत्रमा उल्लेख छ ।
कांग्रेसका जिल्ला सभापतिहरुले संविधान संशोधनको माग गरेका छन् । ‘कांग्रेसले विगतमा लिएको पहलअनुसार तराई, मधेश, आदिवासी जनजाति, दलित, पिछडिएको वर्ग, क्षेत्रको जायज मागलाई सम्बोधन गर्ने गरी शीघ्र संविधान संशोधन गर्न बैठक सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ’ घोषणापत्रमा उल्लेख छ ।
ककनीमा बुधबार र बिहीबार भएको भेलाले लोकतन्त्र तथा विधिको शासनविरुद्ध सरकार न्यायपालिका, पत्रकारिता तथा विभिन्न पेशा व्यवसायी क्षेत्रमाथि हस्तक्षेपमा उत्रेको आरोप लगाएको छ । सरकारले बेलैमा कर्मचारी समायोजन गर्न नसकेका कारण स्थानीय तहमा सेवाग्राहीले सेवा पाउन नसकेको भन्दै कांग्रेसले उचित व्यवस्थापनका लागिसमेत सरकारको ध्यानाकर्षण गरेको छ ।
भेलामा जिल्ला सभापतिहरुले संविधान संशोधन गरेर संविधानलाई सर्वस्वीकार्य बनाउने प्रतिवद्धता वर्तमान सरकारले भुलेको भन्दै पार्टी नेतृत्व र सरकारलाई दबाब दिनुपर्ने आवाज उठाएका थिए ।
यसैगरी, सभापतिहरुको भेलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा रहेका संघीय, प्रदेश र स्थानीय सरकार राज्यको ढुकुटी दुरुपयोग गर्दै आफ्नो कार्यकर्ता पोस्ने काममा लागेको पनि जिल्ला सभापतिहरुले आरोप लगाएका छन् ।
भेलाले काग्रेसको नेतृत्वमा रहेको सरकारले सामाजिक सुरक्षा कोषसम्बन्धी गरेको निर्णय र त्यसमा जम्मा भएको रकमलाई वर्तमान सरकारले प्रचारबाजीको विषय बनाइएको टिप्पणी गरेको छ । कांग्रेसको नेतृत्वमा रहेको सरकारले विगतमा देश र जनताको पक्षमा गरेका निर्णयहरु एकपछि अर्को गर्दै पूर्वाग्रही ढंगबाट खारेजी र फेरबदल तथा चालु विकास निर्माणका कार्यक्रमलाई समेत बजेट बिनियोजन नगरिएको सभापतिहरुको भनई छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_J5sUdnwjaX_7v4fhkioshsa7kgn5kqgpd5oeezb5p2n8qoixwmrexdduyrfo2clk7assy6d.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया