करका बारेमा अनावश्यक आतंक फैलाइयो : सांसद बस्नेत

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले कुनै पनि निकायले अनावश्यक कर लगाउन नहुनेमा जोड दिएका छन् । अनावश्यक कर लगाएर जनतालाई अप्ठेरो पर्ने काम गर्न नहुने भन्दै उनले भने–‘ज–जसले अनावश्यक कररको भारी बोकाउँछन् उनीहरुमाथि नेपाल सरकारले हस्तक्षेपकारी भूमिका निभाउनुपर्छ ।’
भक्तपुरको सूर्यविनायक नगरपालिकाले शनिवार आयोजना गरेको आन्तरिक राजस्व सुदृढिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य बस्नेतले करको बारेमा जनतालाई सत्य, तथ्य र वास्तविकताको बारेमा उजागर गर्न तीनै तहको सरकार एक भई जनचेतना फैलाउनुपर्नेमा पनि जोड दिए ।
सामाजिक सञ्जाल तथा केहि मिडियामा करको अनावश्यक आतंक फैलाइएको उल्लेख गर्दै उनले भने–‘कर तिर्न जनतालाई प्रोत्साहन गर्नुपर्छ तर, अनावश्यक कर भने थोपर्नु हुदैन ।’ जनताले तिरेको करबाट नै राज्य सञ्चालन हुने हुँदा कर तिर्न जनतालाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा बोल्दै सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नगरापालिकाले उठाउने कर जनताको सुविधाका लागि नै प्रयोग हुने बताउँदै ‘कर डर होइन नगर विकासको भर हो’ भन्ने बुझ्न नगरबासीहरुलाई आग्रह गरेका थिए ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_5Pajhhpz5W_3ib4jymhrjf7xaukdmkoqmljfdu3tfqsqce0cmqhwvpq1rtexzy5buw5hxzt.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_vdNkEg9EZi_i1pwbquxhq5bkbcralpmjq6r0iiyerh8cfhekj0ewzgpurddee1ckrv8i1gd.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_qlcl14HtMa_duhljp1blhiym9pyeybk8hrx5vtkgkx3jt8phcjyik2eljmv101wnvvee3si.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_WXvGua5UhO_omptppfv6yjlva74t3a4oota4coeke1dzlkoa3qppf1fnuuc7knlblfuuuhy.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया