अन्डरवेयर लिएर संसदमा पुगिन सांसद

काठमाडौं । सहमतिमा सेक्सको बहस चर्किएको बेला आयरल्याण्डका एक सांसद अन्डरवेयर लिएर संसदमा पुगेकी छन् । बलात्कार मुद्दाका अभियुक्तलाई रिहा गरेपछि डब्लिनसहित विभिन्न स्थानमा प्रदर्शन समेत भएको थियो ।
१७ वर्षीया किशोरी बलात्कारको मुद्दा सुनुवाईका क्रममा अभियुक्तका वकिलले अदालतमै भनेका थिए–‘तपाईंले उसको पोशाकलाई पनि हेर्नुपर्छ । उनले थोङ (अन्डरवेयर) लगाएकी थिइन्, जसमा अगाडि फित्ता पनि थियो ।’ न्यायाधीशले २८ वर्षीय अभियुक्तलाई दोषी ठहर गरेनन् ।
अदालतको फैसलामा विवाद भएपछि बलात्कार पीडितमाथि आरोप लगाइएको विषय उठाउन एक महिला सांसद अन्डरवेयर लिएरै संसदमा उपस्थित भएकी हुन् ।
संसदमा निलो रंगको फित्ता वाला अन्डरवेयर देखाउँदै सांसद रुथ कोपिन्जरले भनिन्–‘यहाँ थोङ देखाउन लाजमर्दो हुनसक्छ । तर, हामीले सोच्नुपर्छ कि एक महिलाको अन्डरवेयरलाई अदालतमा देखाइयो भने उसलाई कस्तो हुन्छ ?’
यो विषयमा सबैभन्दा पहिला ६ नोभेम्बरमा आईरिस एक्जामिनर अखबारमा रिपोर्ट प्रकाशित भएको थियो । घटनाका अभियुक्तका अनुसार सहमतिमै शारिरीक सम्बन्ध राखिएको थियो । तर, उनको वकिल एलिजाबेथ ओकोनेलले दिएको तर्कले सामाजिक सञ्जालमा निकै विवाद भएको छ ।
एक्जामिनरको रिपोर्टअनुसार उनले सोधे–‘के प्रमाणले यो सम्भावनालाई अस्वीकार गर्छ कि उनी उभियुक्ततर्फ आकर्षित थिइन्, भेट्न र साथमा बस्न सहमत थिइन् ?’
वकिलले न्यायाधीशलाई भने–‘तपाईंले हेर्नुपर्छ कि उनले कस्तो कपडा लगाएकी थिइन् । उनले थोङ (अन्डरवेयर) लगाएकी थिइन्, जसको अगाडि फित्ता पनि थियो ।’ यो रिपोर्ट सार्वजनिक भएलगतै डबलिन रेप क्राइसिस सेन्टरका प्रमुखले अधिवक्ताको बयानको आलोचना गरेकी छन् । उनले फैसलाको आलोचना गरेकी छैनन् तर, कानुनी प्रक्रियामा सुधारको माग गरेकी छन् ।
समाजवादी महिलावादी समूह रोजाले सामाजिक सञ्जालमा अभियान नै चलाएको छ भने राजधानी डब्लिनका साथै कयौं शहरमा आज प्रदर्शन पनि हुँदैछ । –बीबीसी हिन्दीको सहयोगमा
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_J5sUdnwjaX_7v4fhkioshsa7kgn5kqgpd5oeezb5p2n8qoixwmrexdduyrfo2clk7assy6d.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया