हार्यो अमेरिका, हारे ट्रम्प : रौहानी

काठमाडौं । मुलुककै शक्तिशाली राष्ट्र मानिएको अमेरिका पराजित भएको टिप्पणी हुन थालेको छ । इरानी राष्ट्रपति हसन रौहानीले अमेरिका आफ्नो देशसँग पराजित भएको टिप्पणी गरेसँगै अमेरिकाकै टिका टिप्पणी हुन थालेको छ ।
अमेरिका इरानसँगको आणविक सम्झौताबाट पछि हटेको उल्लेख गर्दै उनले त्यसलाई अमेरिकाको पराजयको संज्ञा दिए । आणविक सम्झौताबाट पछि हट्नु इस्लामिक गणतन्त्र इरानको अमेरिकासँगको ‘नैतिक एवम् वौद्धिक’ जीत भएको रौहानीको भनाइ छ । अमेरिकासहितका विश्वका छ शक्तिराष्ट्रहरू रूस, चीन, बेलायत, फ्रान्स र जर्मनीको पहलमा सन् २०१५ मा इरानसँग आणविक सम्झौता भएको थियो ।
तेहरानस्थित एक विश्वविद्यालयमा सम्बोधनका क्रममा रौहानीले भने–‘अन्तर्राष्ट्रिय जिम्मेवारीवोधबाट अमेरिकाको वैधानिक तथा राजनीतिक पराजय भएको छ । तर, हामीहरू सफल बनेका छौँ ।’
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वासिङटनले सन् २०१५ को आणविक सम्झौताबाट गत मे महिनामा पछि हट्नु र इरानविरुद्धको आर्थिक नाकावन्दी पुनः घोषणा गर्नुलाई ‘उचित निर्णय’ प्रतिक्रिया दिइरहेका छन् । अमेरिकाले इरानविरुद्धको पेट्रोलियम क्षेत्र र केन्द्रीय बैङ्कलाई लक्षित गरी लगाउने प्रतिबन्धलाई आगामी नोभेम्बर ५ सम्ममा सम्पन्न गर्ने बताउँदै आएको छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_J5sUdnwjaX_7v4fhkioshsa7kgn5kqgpd5oeezb5p2n8qoixwmrexdduyrfo2clk7assy6d.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया