नेपाल पत्रकार महासंघ दक्षिण कोरिया र एनआरएनए दक्षिण कोरियाको संयुक्त भेटघाट कार्यक्रम सम्पन्न

NRN Korea

NRN Korea

सउल, दक्षिण कोरिया 
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया र एनआरएनए दक्षिण कोरियाको संयुक्त भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया र एनआरएनए दक्षिण कोरियाको संयुक्त आयोजनामा गरिएको भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष शिव गाउँले, बिबिसी नेपाली सेवाकी बिनिता दाहाल, खोज पत्रकारिता केन्द्र नेपालकी अध्यक्ष नम्रता शर्मा र हिमाल खबरका सम्पादक किरण नेपाल लगायतका पत्रकारहरुलाई उपस्थिती थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुलाई एनआरएनए दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङले स्वागत गर्दै कोरियामा नेपालीको अवस्था र नेपालीले भोग्नु परेको समस्या र तिनका समाधानका लागि पत्रकारले खेल्नु पर्ने भुमिकाको बारेमा बताएकी थिइन । त्यसैगरि एनआरएनए दक्षिण कोरियाका पूर्व अध्यक्ष बिनोद कुँवर, दक्षिण कोरिया विद्यार्थी संघका अध्यक्ष तुलसी पौडेललगायतले आफ्नो मन्तव्य राखेका थिए ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रन्जनराज कुँवर, पूर्वअध्यक्ष अशोक मैनाली, बरिष्ठ उपाध्यक्ष किसान गौतम, उपाध्यक्ष रेश्मा राई, दुर्लभबन्धु पोखरेल, महासचिव मिन विके, सचिव केशव पोखरेल र निकुञ्ज तिवारी, कोषाध्यक्ष बबिता ओली सदस्यहरु कृष्ण प्रसाद शर्मा, सविना कार्की, हरिप्रसाद अधिकारी, कृष्णप्रसाद न्यौपाने, गुरुदत्त न्यौपाने र बामदेब देबकोटाको उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष शिव गाउँलेले कोरियामा नेपालीले भोग्नु परेको समस्या र तिनको निकासका लागि यहाँका पत्रकारहरुसंग सहकार्य गरेर अगाडी बढ्न बताएका थिए ।ु
कार्यक्रममा एरआरएनएको तर्फबाट वर्तमान अध्यक्ष लक्ष्मी गुरुङ, पूर्व अध्यक्ष बिनोद कुँवर, राजु क्षेत्री, पूर्वउपाध्यक्ष जुनु गुरुङलगायत पत्रकार, बुद्धिजीवि, विद्यार्थी र पर्यटन व्यवसायीहरुको समेत उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित