दार्जीलिङमा पुनः आन्दोलन शुरु, सुरक्षाकर्मीसहित २ को मृत्यु

काठमाडौं :
दार्जीलिङमा फेरि आन्दोलन हुँदा एक जना सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको छ । बन्द दार्जीलिङ खुलेको १६ औं दिनपछि पुनः हिंसा भड्किएको हो ।शुक्रबार बिहान तकभर क्षेत्रमा सुरक्षाकर्मी र गोजमुमोका अध्यक्ष विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा एक जना सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका हुुन् । झडपमा परी घाइतेहुनेहरुको संख्या पनि धेरै रहेको जनाइएको छ ।
मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक अभिताभ मल्लिक रहेका छन् भने मृत्यु हुने अर्का व्यक्ति मोर्चाका कार्यकर्ता भएको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन । यसअघि बिहीबार मोर्चाका अध्यक्ष गुरुङले अक्टोबर ३० तारिखमा आफू जनता माँझ आउने भन्दै अडियो सूचना सार्वजनिक गरेका थिए । – एजेन्सी
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_xok1d6TCoC_p9l4u6qgtpzo7ffniosbdfcammahpalbccsnue3f122pcgxdbgnxjz4acj72.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया